छेन्दु (चीन) । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुभएको छ । पाँचदिने चीन भ्रमणमा रहनुभएका उहाँले आज उक्त प्रजनन केन्द्रको अवलोकन गर्नुभएको हो ।
सो क्रममा केन्द्रका पदाधिकारीले उहाँलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराउनुभएको थियो । चीनले पाण्डालाई उचित महत्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ ।
सो केन्द्रमा करिब दुई सयको सङ्ख्यामा पाण्डा रहेका छन् । पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ ।








