• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।

    गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिनुभयो ।

    “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उहाँले भन्नुभयो, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।”

    धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा दिने गरी धर्मशालाकै रुपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयवासीसहित श्री मनकामना माई गुठीका गुठियारले असार २ गते संस्थानलाई धर्मशाला भाडामा नलगाउन र बोलपत्र रद्द गर्न भन्दै ज्ञापनपत्रसमेत बुझाएको थियो ।

    विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षति पुगेको धर्मशाला मर्मत गर्नुपर्ने अवस्था भए पनि संस्थानले त्यसतर्फ भने चासो नदिएको स्थानीयवासीको गुनासो छ । मनकामना क्षेत्र विकास समितिले पनि मन्दिरको गुरु योजनामा नै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको थियो ।

    गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने आशङ्कासमेत स्थानीयले गरेका छन् ।

    धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनको लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको छ । संस्थानले व्यवसाय सञ्चालन गर्ने गरी जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा व्यवसाय सञ्चालन गर्न नहुने भन्दै विरोध गर्दै आएका थिए ।

    ‘फर्क युवा अभियान’

    गोरखाको अजिरकोट गाउँपालिकाले विदेशिएका युवालाई गाउँमा नै फर्काएर स्वरोजगार बनाउन ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका बैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सिप र क्षमतालाई गाउँको विकासमा लगाउँदै स्वरोजगार बनाउनका लागि ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

    “विदेशबाट फर्किएर फेरि विदेशमा मात्रै अवसर देख्ने युवालाई गाउँमै रहेका थुप्रै अवसरसँग जोड्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि गाउँपालिकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यसहित फर्क युवा अभियान स्वरोजगार कार्यक्रमको थालनी गरिएको हो ।” गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै युवालाई गाउँमा स्वरोजगार बनाउन विभिन्न पेसा व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गर्दै अनुदानसहितको अभियान थालनी गरेको अध्यक्ष देवकोटाले बताउनुभयो ।

    अभियानअन्तर्गत वैदेशिक रोजगारीमा गएर फर्किएका युवालार्ई अधिकतम रु ५० हजारसम्म आर्थिक अनुदान उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । “विदेशबाट फर्किएर सुरु गरेको पेसा, व्यवसाय र लगानीको प्रकृतिको आधारमा अनुदान उपलब्ध गराइने गरी कार्यविधि बनाएर कार्यान्वयन सुरु गरिएको छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “अहिले थालनी मात्र गरिएको हो, यो वर्ष २१ जना त्यस्ता युवा छनोट गरी अनुदान उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।”

    कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका युवालाई स्वदेशमै फर्किएर गाउँमै स्वरोजगार बन्न चाहेमा वा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमा पेसा व्यवसाय गर्दै आएका युवालाई गाउँपालिकाले प्रोत्साहनका लागि आर्थिक अनुदान उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

    “अहिले गाउँका युवा सबै विदेशिएका छन्, गाउँमा युवा नहुँदा विकासका निम्ति जनशक्तिको पनि अभाव भएकै छ”, उहाँले भन्नुभयो, “विदेशबाट फर्किएर गाउँमै केही गर्छु भन्ने युवाका लागि कार्यक्रमले उत्साहित बनाएको छ ।” अध्यक्ष देवकोटाले विदेशबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउन सके उनीहरुले विदेशमा सिकेका सीपलाई गाउँको विकासका लगाउन सकिने उल्लेख गर्नुभयो ।

    अनुदान कार्यक्रम सहभागी हुनका लागि श्रम स्वीकृति लिएर विदेश गई अनिवार्यरुपमा छ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएको हुनुपर्ने, पालिकाभित्र अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गरेकोलगायतका पालिकाले निर्धारण गरेको शर्त पालना गरेको हुनुपर्ने अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.