• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विश्वकप क्रिकेट छनोट प्ले अफ : युएईमाथि नेपालको जित

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो ।

    एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उकासेका हुन् । यी दुईले आठौँ विकेटका लागि अविजित ७९ रनको साझेदारी गरेका थिए । ऐरीले ७९ तथा लामिछानेले २३ रन बनाए । नेपालको सुरुआती ब्याटिङ आज निराशाजनक रह्यो । कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ र गुल्शन झाले १२ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अङ्क बटुल्न सकेनन् । दश टोली सम्मिलित आईसीसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ स्थान बनाउन आज युएईसँग प्रतिस्पर्धा गरेको हो ।

    अब नेपालले मङ्गलबार सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । आज भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले युएईलाई सुरुदेखि नै दबाबमा राखेको थियो । युएईका नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त भएपछि वृत्य अरविन्दले कप्तानी गरेका थिए । युएईका सुरुआती ब्याटर आसिफ खान शून्यमा आउट भएपछि अर्का सुरुआती ब्याटर अर्यान्स शर्माले कप्तान अरविन्दसँग मिलेर ६८ रनको साझेदारी गरेका थिए ।

    सन्दीप लामिछानेको बलमा आरिफ शेखबाट २८ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए भने युएईका लागि सबैभन्दा बढी ४४ रन बनाएका अरविन्द पनि गुल्शन झाबाट बोल्ड भए । युएईका रमिज शहजाद १० रनमा आउट भए । त्यसपछि रोहन मुस्तफा र बसिल हमिदले फेरि पाँचौँ विकेटका लागि ५८ रनको साझेदारी गरे । मुस्तफा ३५ तथा हमिद २९ रनमा आउट भए । समग्रमा युएई ४६.५ ओभरमा १८१ रनमा अलआउट भयो ।

    बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३÷३ विकेट लिए । त्यस्तै प्रतिश जिसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिए । आजको खेलमा अविजित ७९ रन बनाउँदै र बलिङमा एक विकेट लिन सफल दीपेन्द्रसिंह ऐरी प्लेयर अफ दि म्याच घोषित भए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.