• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी

  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भक्तपुर अस्पतालले धेरै राम्रो काम गरेकाले सबैतिर चर्चा पाएको र उत्कृष्ट अस्पताल बन्न सफल भएको सुन्न पाएकोमा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालले राम्रो सेवा प्रवाह गरेको चर्चा सबैतिर सुन्न पाइन्छ, राम्रो गरेकोमा खुसी लागेको छ ।

    अझै राम्रो गर्नु होला, सेवा विस्तार गर्दै जानु होला, सरकारले निःशुल्क भनेका सबै सेवाहरु निःशुल्क नै उपलब्ध गराउनु होला, विपन्नको लागि शैय्या छुट्याउनु होला ।” उहाँले प्रदेशले भक्तपुर अस्पताललाई प्रशासनिक खर्चसहित कूल रु एक करोड बजेट विनियोजन गरेकोमा आठ करोड सिटिस्क्यान मेसिन खरिदका लागि रकम छुट्याएको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालले अहिले काँचुली फेरेको चर्चा गर्दै अस्पतालले प्रवाह गरेको गुणस्तरीय सेवाका कारण बिरामीको चाप तीन गुणा बढेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो अस्पताल म जन्मेको अस्पताल हो, यही मर्ने पनि हो, यो अस्पतालको भौतिक संरचनादेखि सेवा विस्तारसम्मका लागि हामी लागिरहेका छौँ, तपतप पानी चुहिएर बिजोग अस्पताललाई आज यति राम्रो बनाउन हामीले बजेटको व्यवस्थापन गर्यौँ, आज राम्रो भएको छ ।” मुख्यमन्त्रीले यो अस्पताललाई २०० शैय्यामा पुर्याएर सेवा विस्तार गर्न लागि रहेको बताउँदै उहाँले सिटि स्कयान ल्याउन बजेटको व्यवस्थापन गर्न सफल भएको र सिटी स्क्यान मेसिन राख्ने भवन निर्माणका लागि रु दुई करोड बजेट व्यवस्थापन गर्न पनि आफू लागि रहेको बताउनुभयो ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल र ख्वप अस्पताल दुबै सरकारी अस्पताल भएको र यी दुई अस्पतालले एक वर्षमा चार लाखभन्दा बढी जनतालाई सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले निजी अस्पतालमा बिरामी लाने प्रवृत्ति रोकेर गुणस्तरीय र सहज सेवा उपलब्ध गराएर सबै नागरिक सरकारी अस्पतालमै सेवा लिन आउने वातावरण बनाउनु पर्नेमा जोड दिँदै सरकारले सरकारी अस्पतालको सेवा विस्तारका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।

    प्रदेशसभा सदस्यहरु सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवनेश्वरी श्रेष्ठले भक्तपुर अस्पतालले दिएको सेवालाई प्रभावकारी तुल्याउन प्रदेश सरकारले उचित बजेटको व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि आफूहरु लागि रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अस्पताललाई पत्रकारले नियाली रहेको बताउँदै पछिल्ला समय अस्पतालको राम्रा समाचार लेखन पाएकोमा खुसी लागेको बताउनुभयो । कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले कोभिडकालमा २०९ शैयामा सेवा सञ्चालन गरेको अस्पताल अहिले भवन अभावले शैय्या खुम्याउनुपर्ने अवस्थामा आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “विसं २०५९ मा दैनिक ८० बिरामीलाई सेवा दिन निर्धारण गरेको दरबन्दी र जनशक्तिबाटै अहिले दैनिक आठ सय बिरामीलाई सेवा दिइरहेका छौँ, प्रभावकारी र गुणस्तरीय सेवा दिन सफल भएकै कारण पहिला प्रदेशकै उत्कष्ट अस्पताल र अहिले देशकै उत्कृष्ट अस्पताल घोषणा भएर पुरस्कार पाउन सफल भएका छौँ, सरकारले ओएनएम गरेर यो अस्पताललाई २०० शैय्याका लागि आवश्यक स्थायी दरबन्दीको व्यवस्था गरेर लैजानु अत्यावश्यक भइसकेको छ ।”

    भक्तपुर अस्पतालमा नयाँनयाँ सेवा विस्तार गर्दै गइरहेको बताउँदै नयाँ भवन निर्माण र हस्तान्तरणमा ढिलाइ हुँदा समस्या आइरहेको उहाँले बताउनुभयो । कार्यक्रमका सभापति एवं भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले अध्यक्ष, मेडिकल सुपरिटेण्डेन्ट र कर्मचारीको मिहेनतले अस्पताललाई उत्कष्ट बनाउन सफल भएको बताउनुभयो ।

    भक्तपुर अस्पताललाई बिरामीले हेर्ने दृष्टिकोण परिवर्तन भएको, अस्पतालमा सेवा पर्याप्त पाउने भएपछि निजीमा उपचार गर्न छाडेर भक्तपुर अस्पतालमा उपचारको लागि आउनले अस्पतालबाट दिने सेवामा बिरामीको विश्वास र सन्तुष्ट बढेर गएको पुष्टि हुने बताउनुभयो । अस्पतालले नयाँ सेवा विस्तार गर्दै गएको र अझै सेवा थप्दै उपचारका लागि भक्तपुर अस्पताल छाडेर अन्यत्र भौतारिनुपर्ने अवस्था अब नआउने गरी व्यवस्थापन गरिने बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.