चितवन । चितवनका युवा राजनीतिज्ञ कैलाश कोईरालाद्धारा लिखित उपन्यास राजव्यूहको एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । कृतिको लेखककी माता पार्वती कोईराला, नेपाली काङ्ग्रेसका बागमती प्रदेश सभापती इन्द्र वहादुर बानियाले संयुक्त रुपमा लोकार्पण गर्नुभएको छ । नेपालको राजनीतिमा हुने गरेको चलखेल, अहिलेको समाज र प्रेमको बिषयमा आधारित भएर उपन्यास लेखिएको छ । बैचारिक प्रष्टता र राजनैतिक ओझ सहित आएको यस कृतिले नेपाली समाजको पछिल्लो समयलाई यथार्थ चित्र गरेको पाईछ ।
कार्यक्रममा नेपालली काङ्ग्रेसका प्रदेश सभापति वानियाले राजनीतिको भ्रम र झुटको विचमा यथार्थ र सत्यमा जोड्ने प्रयास गरेको बताउनुभयो । मुलुकको राजनीति कुन चक्रव्यूहमा जाँदैछ भन्ने यस पुस्तकबाट पाईने उहाँले बताउनुभयो । लेखकले यहाँ दिएको पात्रले देशको राजनैतिक अबस्था, समाजको अबस्था र प्रेमको कुरलाई यथार्थ रुपमा प्रस्तुत गरेको उहाँको भनार्य छ । राजनीति संगै सहित्यलाई लान सके समाज परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले कोइरालाको कृतिले समाज परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
२४ वटा च्याप्टरमाा लेखिएको सो उपन्यासले समाझालाई झस्काउने काम गरेको समिक्षक उदय अधिकारीले वताउनुभयो । उहाँले पछिल्लो समय राजनीति गरेर हिड्नेको अबस्था के छ र कसरी घर चलिरहेको छ भन्ने कुरा यस कृतिले स्पष्ट पारेको बताउनुभयो । राजनीतिज्ञहरु पहिले देखिनै साहित्यमा लाग्ने गरेको बताउँदै उहाँले साहित्य मार्फत समाज रुपान्तरणमा सहज हुने बताउनुभयो । अर्का समिक्षक डा. भोजराज अधिकारीले यो कृति तथ्यपरक रहेको बताउनुभयो ।
सामान्य व्यक्तिले समेत बुझ्न सक्ने कृति रहेकाले यसले राजनीति र समाज परिवर्तनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ्ले राजनीति संगै साहित्यलाई अघि वढाउन कठिन हुने बताउँदै कोइरालाको आगमी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो । राजनीतिमा देखिएको बेथिति हटाउन यो उपन्यास सहयोगी बन्ने उहाँको भनाई थियो । कार्यक्रममा साहित्यकार डा.नवराज लम्सालले राजनीतिलाई सुधार गर्नका लागि यस्ता कृतिको आबश्यकता रहेको बताउनुभयो ।
उहाँले यस कृतिमा भएका पात्रको भूमिकाले उपन्यासलाई अझै प्रभावकारी बनाउन मद्धत गरेको बताउनुभयो । सो अबसरमा नेपाली काङ्ग्रेसका पूर्ब पार्टी सभापतिहरु बिकास कोईरलाला, कृष्णलाल सापकोट, बाम बुद्धिजीबि प्रेम रिमाल, सम्पूर्ण किताव नारायणगढका सञ्चालक लेखराम सापकोटा, सामाजिक अभियान्त अर्जुन भूषाल लगाएतले कोईरालाको कृतिले समाजको बास्तविकतालाई चित्रण गरेको बताउनुभयो ।
एक सय ६८ पृष्ठको सो कृति नारायणगढको सम्पूर्ण कितावले वजारमा ल्याएको छ । कृतिका लेखक कोईराला नेपाली काङ्ग्रेस चितवनका महाधिबेशन प्रतिनिधि एबं बागमती प्रदेशको कार्यसम्पादन समितिका सदस्य रहनुभएको छ ।








