• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पार्वती मन्दिरले थपियो अर्जुनधारा धामको आकर्षण

  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । ‘पूर्वको पशुपतिनाथ’ उपमा पाएको झापाको अर्जुनधारा जलेश्वर धाममा पार्वती मन्दिर र १०८ शिवलिङ्ग निर्माण भएपछि धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको प्रसिद्ध यस धाममा बर्सेनि १० लाखभन्दा बढी धार्मिक पर्यटक देश विदेशबाट दर्शनका लागि आउने गरेका छन् । महाभारतकालमा अर्जुनले पर्जन्य अस्त्र प्रहार गरी भूमिगत जलधारा निकालेको किंवदन्तीका कारण धामको नाम अर्जुनधारा रहन गएको हो । धामको मूल मन्दिर दक्षिणतिर पार्वती माताको भव्य मन्दिर र १०८ शिवलिङ्ग स्थापना गरिएको हो ।

    बिर्तामोड नगरपालिका–३ निवासी कमल बस्नेत र झुमा बस्नेतले पार्वती मन्दिर र शिवलिङ्ग रु एक करोड ५० लाखको निजी लगानीमा निर्माण गरिदिनुभएको धाम सञ्चालक समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । “धामको गुरुयोजनामा पार्वती मन्दिर र १०८ शिवलिङ्ग बनाउने कुरा समावेश थियो”, जोशीले भन्नुभयो, “हामी दाताको खोजीमा थियौँ । त्यही बेला बस्नेत दम्पती आउनुभयो र आफ्ना बुबाआमाको स्मृतिमा बनाउँछौँ भन्नुभयो ।” नवनिर्मित संरचना मन्दिरलाई हस्तान्तरण भइसकेको छ ।

    अर्जुनधारा मन्दिरमा मूलतः शिवको पूजा आराधना गरिने हुँदा भक्तजनबाट पार्वती माताको मन्दिरको माग हुँदै आएको थियो । अब शिवको मन्दिर (मूल मन्दिर) र पार्वतीको मन्दिर नजिकै स्थापना भएपछि दर्शनार्थी प्रसन्न हुने गरेको जोशीले बताउनुभयो । शिवलिङ्ग राखिएको स्थानमा प्रवेशद्वारबाट अघि बढ्दै जाँदा १०८ वटै शिवलिङ्गको दर्शन पूरा गरिसकेपछि मात्र बाहिरिन सकिने व्यवस्था मिलाइएको छ । पार्वती मन्दिरको छानो पेगोडा शैलीमै निर्मित छ । विसं २०२२ मा एउटा हात सूर्य भगवान्लाई चढाएको बताउने सल्यानका नरनाथ मिश्र नामक ‘सन्त खडे बाबा’ ले स्थापना गरेको शिवालयको परिष्कृत स्वरूप नै अहिलेको अर्जुनधारा जलेश्वर धाम हो ।

    काठमाडौँको पशुपतिनाथ मन्दिरकै शैलीमा अर्जुनधारा जलेश्वर धामको मूल मन्दिरको छाना ताम्रपत्रले पेगोडा शैलीमा निर्माण गरिएको छ भने यहाँ पनि चार वटा ढोका छन् । अर्जुुनधारा पोखरी, पञ्च जलधारा, गणेश, हनुमान, गौमाता, नाग देवताका मन्दिरहरू, यज्ञकुण्ड, श्रवणहल, व्यासमञ्च, कार्यालय भवन, पुस्तकालय भवन, गौशाला, गुरुकूल–पाठशाला, छात्रवास, अतिथिगृह, आकर्षकद्वार, पोखरीका बीचमा अर्जुनले बाण हानी निकालेको जलधारा, तिर्खाएका गौमाताले पानी पिउँदै गरेका गाईका आकर्षक मूर्तिहरू मन्दिर परिसरमा स्थापना गरिएका छन् ।

    धामको गुरुयोजनाअन्तर्गतको संरचना निर्माणमा रु एक अर्बको लगानी चाहिने धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । “गुरुयोजनामा समावेश गरिएका संरचना अब बनाइने छ”, अध्यक्ष गट्टानी भन्नुहुन्छ, “धाम क्षेत्रलाई धार्मिक, पर्यटकीय र आवासीय गरी तीन भागमा बाँडिएको छ । जसमध्ये धार्मिक क्षेत्र लगभग पूर्णरूपमा निर्माण भइसकेको छ ।” धार्मिक क्षेत्रअन्तर्गत खडे बाबाको प्रतिमा स्थापना र उद्यान निर्माण भइसकेको छ भने परिक्रमा मार्ग बनिसकेको छ ।

    धामका संस्थापक खडे बाबाको मूर्ति स्थापना र उद्यान निर्माणमा धामले आन्तरिक स्रोतबाट रु छ लाख ५० हजार र कोशी प्रदेश सरकारको रु १५ लाख खर्च भएको छ । आवासीय क्षेत्रमा गुरुकूल भवन निर्माण भए तापनि सुरक्षा चौकी, सङ्ग्रहालय, चमेना गृह र खानेपानी ट्याङ्की निर्माण भएको छैन । पर्यटकीय क्षेत्रमा पानीको फोहोरासहितको आकर्षक बगैँचा निर्माण गरिने गुरुयोजनामा उल्लेख भएता पनि स्रोतको अभावमा यो बन्न सकेको छैन । सात तलाको आधुनिक अतिथि सदन निर्माणका लागि सङ्घीय सरकारसँग रु सात करोड बजेटको माग गरिएको अध्यक्ष गट्टानी बताउनुहुन्छ । धाम क्षेत्र साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ ।

    दश कठ्ठाको पोखरी छ । विसं २०५५ को हुलाक टिकटमा यो धामको चित्र प्रकाशित भएको छ । मन्दिरमा दर्शनका लागि भारत, भूटान, म्यानमारदेखि हिन्दू पर्यटक आउने गरेको धामका व्यासाचार्य अग्निप्रसाद सिग्देलले बताउनुभयो । मन्दिरको भेटी र दाताको चन्दा नै आन्तरिक स्रोत रहेको छ ।

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.