• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण

  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ। बागलुङको गलकोट नगरपालिका–९ रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई संरक्षण गर्ने उद्देश्यले जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरेको छ । स्थानीय जातको भैँसी संरक्षणसँगै उत्पादित दूधको बजारीकरण गर्ने लक्ष्य अनुसार यसै वर्ष चिस्यान केन्द्र निर्माण गरिनुका साथै ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरिएको केन्द्रले जनाएको छ । पछिल्लो समय आयातित भैँसीका जात भित्रिदा स्थानीय लिमि र पाराकोटे जातका भैँसी लोप हुने खतरा बढेको भन्दै रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण अभियान थालिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो ।

    केन्द्रले स्थानीय जातका भैँसी संरक्षणका लागि किसानका लागि बर्सेनि प्रोत्साहनका कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ । स्थानीय थोमलाल सापकोटाको घरमा स्थानीय जातको दुई वटा भैँसी छन् । उहाँले एउटा भैँसीको दूध घरमै खपत गरेपनि अर्को भैँसीको दूध सहकारीमा बिक्री गर्नुहुन्छ । उहाँ जस्ता ३७ किसानको दूध सहकारीले सङ्कलन गरेर बजारीकरण गर्दै आएको छ । विसं २०७४ सालमा थापना भएको गलकोट कृषि सहकारी संस्थाले स्थानीय जातका भैँसीबाट उत्पादित दूध दैनिक सङ्कलन गरेर बजारीकरण गर्दै आएको हो । सहकारीले दूधको बजारीकरण गर्दा सहज भएको सापकोटाले बताउनुभयो ।

    उक्त गाउँमा आयातिक जातका भैँसीको सङ्ख्या कम रहेकाले स्थानीय जातका भैँसी पालनमा किसानको जोड छ । दूधको बजारीकरण गर्नुका साथै स्थानीय जातको भैँसी संरक्षण अभियानमा भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रसँग समन्वय गरी किसानलाई प्रोत्साहन गरिरहेको सहकारीका अध्यक्ष पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । “दैनिक ४७ शेयर सदस्य किसानको दूध बजारमा पठाउँदै आएका छौँ । दैनिक एक सय ५० लिटर देखि तीन सय लिटरसम्म दूध बजारीकरण सहकारीमार्फत खपत हुन्छ” उहाँले भन्नुभयो । रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई प्रोत्साहन गरिएको भन्दै सापकोटाले यहाँ स्थानीय जातका लिमी र पाराकोटे भैँसी पालन भइरहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्थानीय जातको भैँसीबाट कम दूध उत्पादन भए पनि ‘ब्राण्ड’ बनाएर महङ्गोमा बिक्री गर्ने सहकारीको लक्ष्य छ । गलकोट नगरपालिकाको रू नौ लाख र गलकोट कृषि सहकारीको रू तीन लाख ८६ हजार गरी कूल रू १२ लाख ८६ हजारमा दूध सङ्कलन केन्द्र तथा चिस्यान घर निर्माण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो । उहाँले यहाँ स्थानीय जातका भैँसीबाट उत्पादित दूधको ब्राण्ड बनाउन सके महङ्गोमा बिक्री गर्न सकिने बताउनुभयो ।

    उहाँले दूध महङ्गोमा बिक्री गर्नाका लागि किसानलाई स्थानीय जातका भैँसी पाल्न प्रोत्साहनस्वरुप चिस्यान केन्द्र निर्माण गरिएको उल्लेख गर्नुभयो । आयातित भैँसीका जात भित्रिदा स्थानीय जातका भैँसी लोप हुने खतरा बढेको भन्दै गाउँमा स्थानीय जातका भैँसीबाट उत्पादित दूध बजारीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको केन्द्रका प्रमुख डा सापकोटाले बताउनुभयो । उहाँले आयातित जातका भैँसी भन्दा स्थानीय जातका भैँसीमा रोगको सङ्क्रमणसमेत कम हुने बताउँदै स्थानीय जातका भैँसीलाई समेत संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

    “स्थानीय जातबाट उत्पादित दूधको गुणस्तर बढी हुन्छ, दूधलाई व्यावसायिक रुपमा बजारीकरण गर्न सके किसानलाई राहत हुन्छ” सापकोटाले भन्नुभयो, । स्थानीय जातको भँैसी संरक्षणका लागि केन्द्रले ३० किसानको गोठ सुधारका लागि आर्थिक वर्ष २०७९/८० मा रू आठ लाख अनुदान प्रदान गरेको उहाँले जानकारी दिनुभयो । “स्थानीय जातको भैँसीको विषयमा अध्ययन तथा अनुसन्धान गर्न समेत रिस्मी गाउँलाई उदारणका लागि लिनसक्ने बनाउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

    गत वर्षको रिस्मी गाउँका ४७ किसानको दूध सङ्कलन र बजारीकरणबाट सहकारीमार्फत रू ३७ लाखको दूध बिक्री भएको गलकोटस्थित कृषि सहकारीले जनाएको छ । यहाँका २५ किसानले दुई वटा भैँसी पाल्दै आएका छन् भने अन्यले एउटाका दरले भैँसी पाल्दै आएका छन् । गण्डकी प्रदेशमा लिमी र पाराकोटे जातका भँैसी पाइने भए पनि आयातित जातका भैँसी भित्रिदा स्थानीय जातका भैँसी लोप हुने अवस्था आएको किसान बताउँछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.