देवघाट तनहुँ । देवघाट ब्याडमिन्टन संघको आयोजनामा आज संविधान दिवसको शुभकामना तथा ब्याडमिन्टन कोर्टको उद् घाटन र देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटालाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले मोमबात्तीमा दिपप्रज्वलन र रिबन काटेर कार्यक्रमको उद् घाटन गर्नु भएको थियो। कार्यक्रम बोल्दै उहाँले देवघाट युवा तथा खेलकुद समिति र देवघाट ब्याडमिन्टन संघले कोरोना भाईरस बिश्व महामारी रुपमा फैलिएको समयमा पनि सामाजिक दुरि कायम गर्दै दुईवटा ब्याडमिन्टन कोर्टको निर्माणकार्य गर्न सफल भएको धन्यवाद दिनुभएको थियो साथै गाउँपालिकाको समृद्ध बिकासको लागी आफुले कुनै पनि कसर नराखी निरन्तर लागि पर्ने उहाँले बताउनुभयो। अध्यक्ष थापाले देवघाटका युवाहरुको सुखदुःखमा सधैं सहकार्य गरि अगाडी बढ्ने समेत बताउनु भएको थियो। कार्यक्रमका विशेष अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले देवघाट ब्याडमिन्टन संघले संविधान दिवसको दिन पारी कार्यक्रमको आयोजना गरि आफुलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा देवघाट गाउँपालिकाको खेलकुद बिकासको लागि सहकार्य गरि अगाडी बढ्ने बताउनु भएको थियो। सो दुईवटा ब्याडमिन्टन कोर्ट सम्पन्न गर्नको लागि करिब दुई लाख पन्ध्र हजार खर्च भएको देवघाट ब्याडमिन्टन संघ अध्यक्ष अनिल मिश्रले जानकारी दिनुभएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य देवघाट ब्याडमिन्टन संरक्षक तथा खेलप्रेमी समाजसेवी चन्द्रप्रकाश दवाडी र देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङले दिनु भएको थियो भने स्वागत मन्तव्य देवघाट ब्याडमिन्टन संघका उपाध्यक्ष बल बहादुर क्षेत्रीले दिनुभएको थियो। कार्यक्रमको अन्य अतिथिहरुमा देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल,देवघाट ५नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ,देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज उज्वालराज चिलुवाल,देवघाट साझेदारी प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती,देवघाट सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी,देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त,देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ, देवघाट ब्याडमिन्टन संघका सल्लाहकार नर बहादुर घर्ती र देवघाट ५ नम्बरका वडा खेलकुद समितिका अध्यक्ष अमर फेवाली लगाएको उपस्थिति रहेकोे थियो। कार्यक्रम देवघाट ब्याडमिन्टन संघका सचिव आशिक रानाले सञ्चालन गरेको थियो भने देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियोे।








