• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मङ्गलबारे । इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो ।

    टहरा व्यवस्थापनका लागि मन्त्रालयले रू ४० लाख, रोङ गाउँपालिकाले रू २० लाख र उपभोक्ताले रू छ लाख १२ हजार पाँच सय खर्च गरेका गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)ले बताउनुभयो । उहाँका अनुसार ४८ वटा व्यावसायिक टहरालाई आकर्षक रुपमा निर्माण गरिएको छ । टहरा निर्माण र मन्दिर परिसर सजावटका लागि रू ६८ लाख ४२ हजार छ सय खर्च भएको छ ।

    धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनको सहजताका साथै यहाँको व्यावसायलाई व्यवस्थित बनाउने उद्देश्यले व्यवस्थित टहरा निर्माण गरिएको अध्यक्ष स्याङ्वोले बताउनुभयो । टहरा निर्माणपछि पाथीभरा मन्दिर परिसर आकर्षक र व्यवस्थित देखिएको छ । उहाँका अनुसार टहरा निर्माणपछि विद्युत् जडान, हाँसपोखरी, कुट्टीडाँडा क्षेत्रमा दुबोरोपणसमेत गरिएको छ ।

    इलाम प्रवेशद्वार जोरकलस, कुट्टीडाँडा, हाँसपोखरी हर्कटेलगायत मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसरलाई सुन्दर बनाउन थालिएको अध्यक्ष स्याङ्वोले जानकारी दिनुभयो । धार्मिक पर्यटनसँगै मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई समेत सौन्दयकरणले आर्कषित गराउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ । सौन्दर्यकरणले रोङमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिइएको उहाँको भनाइ थियो ।

    रोङ–३ मा रहेको पाथीभरा मन्दिर परिसरमा ‘माता पाथीभरा साना पर्यटन व्यवसायीले संस्था’ स्थापना गरी व्यवसाय गर्दै आएका छन् । स्थानीय सरकारले पाथीभराको प्रवद्र्धनमा चासोका साथ काम अगाडि बढाएको यहाँका व्यवसायी बताउँछन् । यसअघि यस क्षेत्रमा अव्यवस्थित र मनोमानी ढङ्गले व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएकामा अब व्यवस्थित हुने उनीहरुको भनाइ थियो ।

    मन्दिरमा आउने भक्तजनका साथै मन्दिर परिसरमा पुजाका सामग्रीलगायत सेवा प्रदान गर्ने व्यवसायीको सहजताका लागि पालिकाले काम गरिरहेको पालिकाको दाबी छ । यस क्षेत्रमा साना व्यवसायी संस्थामा हालसम्म ४८ जना व्यवसायी आवद्ध रहेका पालिकाले जनाएको छ । संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन् ।

    गाउँपालिकाको मातहतमा मन्दिर आएपछि मन्दिर थप व्यवस्थित र सफा भएको अनुभूति भएको भक्तजनको भनाइ छ । वार्षिक करोडौँ रकम सङ्कलन हुने यस मन्दिरमा पछिल्लो समय आम्दानी वृद्धि हुँदै गएको छ । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पुग्न नसक्नेले स्मरण थर्दासमेत मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यहाँ झापा, मोरङ, सुनसरीलगायत तराईका विभिन्न जिल्लाबाट दैनिक सयौँ भक्तजन आउने गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.