• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ
    नारायणी रजौरे
    दाङ । दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको हो ।
    “अहिले कार्यालयको उद्देश्य दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने हो । सोही अनुरुप हामीले काम गर्न थालेका छौँ”, आयोजना प्रमुख विराट ज्ञवालीले भन्नुभयो । हाईड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाईभर्सन, सतह सिँचाइ प्रणालीको विकासलगायत ‘कम्पोनेन्ट’मा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
    प्रमुख  ज्ञवालीका अनुसार हालसम्म कार्यालयले ४२ वटा ठूला ड्याम ९जलाशय० निर्माण गरेको छ । “हामीले अहिले ४२ वटा जलाशय निर्माण गरेका छौँ, यी जलाशयमा अझै पनि सिँचाइका लागि थप पूर्वाधार निर्माण गर्न बाँकी छ । सोही अनुसार काम भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँ ड्याम निर्माण भएपछि किसान उत्साहित बनेका छन् ।
    वर्षौँदेखि बाँझो रहेका जमिनमा सिँचाइ हुने भन्दै आकाशे पानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका–१८ पिर्थली कुइरेसोता जलाशय सिँचाइ जल उपभोक्ता समितिका  अध्यक्ष खिमबहादुर डाँगीले बताउनुभयो । “हाम्रो धेरै जग्गा बाँझा थिए, अब ती जग्गामा सिँचाइ हुने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो “विगतमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो, अहिले  वैशाख, जेठमा पनि सिँचाइ पु¥याउन सफल भएका छौँ ।”
    यहाँ सानो सोता थियो डाँगीले भन्नुभयो । उहाँका अनुसार उक्त सोतालाई करोडौंँ लगानी गरेर ड्याम निर्माण गरिएको हो । निर्माण भएको उक्त ड्याममा वर्षाको समयमा परेको पानी जम्मा हुने र बैशाख, जेठमा पनि सिँचाइको सुविधा पु¥याउन सकिने अध्यक्ष डाँगीले बताउनुभयो । उहाँका अनुसार उक्त ड्याम निर्माण दुई वर्षअघि सुरु गरिएको थियो ।
    “ड्याम निर्माण भए पनि सिँचाइका लागि अझै धेरै काम बाँकी छ । करिब दुई लाख घनमिटर पानी अट्ने उक्त ड्यामबाट ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेछ । रू एक  करोड ८३ लाख लागतमा उक्त ड््याम बन्दैछ”, उहाँले भन्नुभयो ।
    सिँचाइका लागि निर्माण गरिएका ड्याम अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने स्थानीय उपभोक्ताले परिकल्पना गरेका छन् । घोराही उपमहानगरपालिका–२ र ४ मा पर्ने सरेसोता जलाशयका उपभोक्ता श्यामलाल भण्डारीले भन्नुभयो, “यस ड्यामबाट सिँचाइ हुनुका साथै माछापालन गर्ने, पर्यटक भित्र्याउनका लागि डुङ्गाको व्यवस्था गर्ने गरी सोच बनाएका छौँ ।” करिब ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने सरेसोता ड्याममा तीन लाख घनमिटर पानी अट्न सक्ने क्षमता छ । रू दुई करोडको लगानीमा उक्त ड्याम निर्माण हुँदैछ ।
    निर्माण भएका ड्याम हेर्दा मनोरम देखिन्छन् । कुनै प्राकृतिक ताल भन्दा कम छैनन् । सिँचाइका लागि बनाएका तालले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने पनि अपेक्षा लिइएको स्थानीय विष्णुप्रसाद दुलालले बताउनुभयो । “यी ड्याम सिँचाइका लागि मात्रै होइन्, पर्यटकीय विकासका लागि पनि प्रयोग गर्न सकिन्छ, पिकनिक स्पट बनाएर पर्यटक तान्न सकिन्छ”, उहाँले भन्नुभयो, “माछापालन गरेर आम्दानी गर्न सकिन्छ, डुङ्गा सयर गर्ने व्यवस्था गर्न सकियो भने यसले बहुआयामिक फाइदा दिन्छ ।” उहाँ पिर्थली कुइरेसोता ड्यामका उपभोक्तासमेत हुन् । सोही ड्याम एकसय २७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सक्ने क्षमता रहेको छ ।
    निर्माणाधीन सबै ड्यामबाट लिफ्टिङमार्फत किसानको खेत–खेतमा सिँचाइ पु¥याइने आयोजनाका सूचना अधिकारीे लोकेन्द्र कठायतले बताउनुभयो । “हामीले ड्यामबाट किसानका खेतखेतमा सिँचाइ पु¥याउनका लागि लिफ्टिङ प्रणाली जडान गर्नेछौँ”, उहाँले भन्नुभयो “केही स्थानमा सोलारबाट र केही स्थानमा विद्युतबाटै लिफ्टिङ गरिनेछ ।”
    निर्माण पूरा भएको घोराही उपमहानगरपालिका–२ रामपुरस्थित चेपे तालमा वृहत सिँचाइ आयोजनाले पाँच वटा लिफ्टिङ जडान गरेको छ । जसबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको आयोजनाले जनाएको छ । रू ८४ लाखको लागतमा पाँच वटा लिफ्ट जडान भएको हो । आयोजना प्रमुख ज्ञवालीका अनुसार जिल्लामा अन्य १४ वटा ड्याम निर्माण भएका छन् । जिल्लाको एक हजार ९२ हेक्टर क्षेत्रफल जमिनमा  सिँचाइ पुग्नेछ । तुलसीपुरमा तीन, घोराहीमा पाँच, दङ्गीशरणमा पाँच र शान्तिनगरमा एउटा ठूला ड्याम निर्माण भएका छन् ।
    पछिल्लो समय यस्ता ड्यामको माग अत्याधिक भएको भन्दै आयोजनाले ‘मास्टर प्लान’ निर्माण गरिरहेको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो । जिल्लामा करिब दुईसय स्थानमा यस्ता ड््याम निर्माण गर्न सकिने उहाँको भनाइ थियो । “कुनै बेला सानो ‘सोता’ थिए । खोलो बग्थ्यो । ती खोलाले सीमित किसानले मात्रै सिँचाइको लाभ लिन पाउथे । बिघौँ खेतीयोग्य जग्गा सिँचाइ नहुँदा सुख्खा हुन्थ्यो । सिँचाइको व्यवस्था नहुँदा धेरै युवा बेरोजगार हुन्थे”, ज्ञवालीले भन्नुभयो, “अहिले अवस्था फेरिएको छ । खेतखेतमा सिँचाइ सुविधा पुग्न थालेको छ । धेरै बाँझा खेतहरुमा अहिले लटरम्म अन्न, तरकारीलगायत उत्पादन भइरहेका हुन्छन् ।”
    लिफ्टिङ उत्तिकै प्रभावकारी
    ड्यामसँगै लिफ्टििङ निर्माण कार्य पनि उत्तिकै प्रभावकारी देखिएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बबई नदीबाट सोलारमार्फत लिफ्टिङ गरी सिँचाइका लागि पानी ल्याइएको छ । सिँचाइ सुविधा पाएसँगै खेती गर्न सहज भएको किसान बताउँछन् ।
    पहिले स्थानीय कुलोबाट सिँचाइ गर्ने भएका सबै किसानलाई सिँचाइ सुविधा पुग्न नसकेको स्थानीय उपभोक्ता होताराम खत्रीले बताउनुभयो । उहाँले अहिले वृहत सिँचाइले लिफ्टिङबाट पानी ल्याएपछि सहज भएको बताउनुभयो । “पहिले स्थानीय कुलो थियो, त्यसले सबै किसानलाई भ्याउने अवस्था थिएन”, उहाँले भन्नुभयो, “अहिले लिफ्टिङबाट बबईको पानी तानेपछि सहज भएको छ ।”
    अहिले किसानले दुई बाली लगाउन सहज भएको भन्दै खत्रीले वैशाख, जेठमा मकै, धान र तरकारी लगाउन सकिने तथा पुस, माघमा तरकारी खेती लगाउन सकिने बताउनुभयो । उहाँका अनुसार सिँचाइका लागि १५ किलोवाट सोलारबाट बबईको पानी तानिएको छ ।
    जिल्लामा २६ वटा लिफ्ट निर्माण भएका छन् । जसबाट आठ सय ५७ हेक्टरमा सिँचाइ पुगेको छ । तुलसीपुुरमा आठ, घोराहीमा पाँच, दङ्गीशरणमा नौ, शान्तिनगरमा एक र बबईमा तीज लिफ्ट निर्माण भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा जिल्लामा ३५ वटा नयाँ प्रविधिमा आधारित सिँचाइ पोखरी निर्माण भएका छन् । जसबाट छ सय छ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ । अहिले थप २० वटा लिफ्ट निर्माणको काम भइरहेको छ, भने १८ वटा लिफ्ट सिँचाइ प्रणालीको डिपिआर तयार भइसकेको आयोजना प्रमुख ज्ञवालीले बताउनुभयो ।
    भूमिगत सिँचाइतर्फ यस आर्थिक वर्षमा ४२ वटा डिप ट्युवेलको निर्माण सम्पन्न भएको छ भने १६ वटा डिपबोरिङका लागि बोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उपत्यकाको पहाडी भिरालो कृषियोग्य भूमिमा नयाँ प्रविधिको सिँचाइ प्रणाली विकास गर्नका लागि फोहरा सिँचाइ, पाइप सिँचाइ तथा पोखरी सिँचाइ गरी ३८ वटा नयाँ प्रविधिमा आधारित निर्माण भएका छन् ।
    माडी–दाङको अध्ययनको तयारी विभागबाट
    प्रत्येक वर्ष माडी–दाङका लागि सङ्घीय तथा प्रदेश सरकारले बजेट विनियोजन गरे पनि  उल्लेख्य प्रगति हुन नसकेको नागरिकस्तरबाट गुनासो आउने गरेको छ ।
    अहिले उक्त आयोजनाको अध्ययन विभागबाट भइरहेको सूचना अधिकारी कठायतले  बताउनुभयो । त्यस्तै शारदा–दाङ डाइभर्सन तथा ग्वारखोला उच्च बाँधको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । विस्तृत इन्जिनियरिङ अध्ययनको सुरुवात भएको छ । डाईभर्सनबाट आउने पानीलाई सिँचाइ क्षेत्रसम्म पु¥याउनका लागि उरहरि–जसपुर सिँचाइ प्रणाली र डुरुवा नहर प्रणालीको आधुनिकीकरण गर्ने कार्य सुरु भएको छ ।
    यसैबीच वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण गरेका जलाशय तथा पोखरीको   जिल्लास्थित सरकारी निकाय, सरोकारवा, सञ्चारकर्मी, आयोजनाका प्रतिनिधिलगाउतको टोलीले स्थलगत अनुगमन गरेको छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.