• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जयनगर–भङ्गाह रेल सेवा विस्तार

  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    टीकाराम सुनार/निरञ्जनकुमार साह

    महेन्द्रनगर । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ । त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन ।

    कसरी व्यक्त गरुँ ?”, साहले भन्नुभयो । उहाँका अनुसार २१ वर्षअघि जयनगरदेखि भङ्गाह विजलपुरासम्म रेल चलिरहेको थियो । त्यही रेलमा सो क्षेत्रका स्थानीयवासी जनकपुर र जयनगरसम्म यात्रा गर्थे तर रेल र रेल गुड्ने लिक तथा विगिही पुल भत्किएपछि सो सेवा अवरुद्ध भयो । “रेल बन्द भएपछि यतिका वर्षसम्म जनकपुर आउन पनि हामीलाई धेरै गाह्रो भएको थियो । जनकपुर पुग्न घन्टौँ लाग्थ्यो । अब रेल सञ्चालन भएपछि ३० मिनेटमै जनकपुर आवतजावत गर्न सहज हुने भयो । त्यसैले हाम्रो क्षेत्रका नागरिक निकै हर्षित छौँ”, साहले रासससँग भन्नुभयो ।

    त्यसैगरी भङ्गाहकै ६० वर्षीया बेचनी थरुनीले पनि जीवनको उत्तरार्धमा फेरि आफ्नै आँगनमा रेल देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हो बौवा हमई नई लागल्छलकि अई उमर मे रेल देख पाइब, लेखिन आई अपने आँगनमे रेल देख्के बुझाइए कि हम् स्वर्ग देखरहल छि । आब बहुत जल्दी वही रेल चहड क जानकी मैया के दर्शन करबाक इच्छा अई (यो उमेरमा फेरि रेल हेर्न पाइला भनेर सपनामा पनि सोचेकी थिइनँ तर आज आफ्नै आँगनमा रेल हेर्न पाएकामा ज्यूँदै स्वर्ग देखेजस्तो लागिरहेको छ ।

    अब त्यही रेल चढेर जानकी माताको दर्शन गर्न जनकपुर पुग्ने इच्छा छ) ।” साह र थरुनी मात्रै होइन, भङ्गाहमा २१ वर्षपछि रेल देख्दा स्थानीयवासी निकै हर्षित छन् । त्यसैले आसपासका गाउँबाट समेत ट्र्याक्टर, मोटरसाइकल र निजी सवारीसाधनमा हजारौँ मान्छे रेल हेर्न आएका थिए । त्यहीबीचमा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले झण्डा हल्लाएर रेललाई जनकपुरका लागि बिदाई गरेपछि स्थानीयवासीले पनि हात हल्लाएर खुसी व्यक्त गरे ।

    त्यसअघि रेलसेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले जयनगरदेखि जनकपुर कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएकामा अब थप १७ दशमलव तीन किलोमिटरसहित ५२ दशमलव तीन किलोमिटर लामो दूरीमा सेवा सञ्चालन हुन लागको बताउनुभयो । उहाँले गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालले संयुक्तरूपमा यो खण्डको भुर्चअल उद्घाटन गर्नुभएअनुसार रेल सञ्चालन भएको बताउनुभयो ।

    “हामी भारत सरकारको रु १२ अर्बको अनुदान लागतमा बनेको यो खण्डमा रेल सञ्चालन गर्दैछौँ । त्यसका लागि म भारत सरकार र त्यहाँको जनताप्रति आभार व्यक्त गर्न चाहन्छु । प्रधानमन्त्री दाहालको भारत भ्रमणकै बेला कुर्था–विजलपुरा यात्रुबाहक रेलसेवा र भारतको बथनाहादेखि नेपालको विराटनगरसम्म मालबाहक कार्गो सेवा सञ्चालनका लागि एकैसाथ उद्घाटन भएको हो । अहिले यो खण्डमा रेलसेवा सञ्चालन भइसक्यो, अब बथनाहा–विराटनगर खण्डको प्रक्रिया सुरु भइसकेको छ ।

    चाँडै कार्गो सेवा पनि सञ्चालन गर्नेछौँ”, मन्त्री ज्वालाले भन्नुभयो । यसअघि न्यारोगेज रेलसेवा सञ्चालन भएको ठाउँमा अब ब्रोडगेज सेवा सुरु भएको भन्दै मन्त्री ज्वालाले यसले यातायात क्षेत्रमा ‘ब्रेकथ्रु’ को काम गर्ने बताउनुभयो । त्यसैगरी नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दोस्रो चरणमा विजलपुरासम्म रेलसेवा विस्तार गरिएको र जग्गाको मुआब्जा विवाद समाधान भएमा चाँडै तेस्रो चरणमा भङ्गाह विजलपुराबाट बर्दिवाससम्मको रेलवे पूर्वाधार निर्माणको काम सुरु हुने बताउनुभयो ।

    कार्यक्रममा भारतीय राजदूतावासका डिसिएम प्रसन्न श्रीवास्तवले नेपालका प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएको सम्झौतानुसार रेलसेवा विस्तार भएको र यसले नेपाल–भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विगत १५ महिनादेखि भारतको जयनगरबाट धनुषाको जनकपुरधाम कुर्थासम्म रेलसेवा सञ्चालनमा थियो । विसं २०७८ चैत १९ गतेदेखि सञ्चालनमा आए पनि सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउनेजाने गरी चारपटक सेवा दिइरहेको छ ।

    आज भङ्गाहसम्म सेवा विस्तार भएसँगै भोलिदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गरिने महाप्रबन्धक झाले बताउनुभयो । यद्यपि भङ्गाहा स्टेशनमा दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने गरी सेवा प्रदान गर्ने झाले जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.