चितवन । नेपाल टेलिकम वर्कस युनियनले भरतपुरमा रक्त संकलन गरेको छ । युनियनको २३औं वार्षिकोत्सव एवं ४२औं विपी स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । पछिल्लो समय जिल्लामा रगतको माग बढका कारण रक्तदान कार्यक्रम आयोजना गरेर जार्षिकोत्सव मनाइएको नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष सुरेश अधिकारीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका स्वास्थय मन्त्री उत्तम जोशीले रगतको अभाव भएको बेला रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै सबैलाई रगत संकलनमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।









