कैलाली । महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिका अधिकृत पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो। “महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको हो,” उहाँले भन्नुभयो, “डरधम्की देखाएर बलात्कार गर्ने गरेको आरोप छ, अनुसन्धान भइरहेको छ ।”








