काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४६ हजार २३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ४७८ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ७१ जना रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ४५१ रहेका छन् । आज ९ हजार ५८४ जनाको पिसिआर परिक्षण गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।








