• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन

  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेुस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे राष्ट्रिय गौरवको आयोजना । झन् उदेकलाग्दो कुरा त १२ वर्षदेखि निर्माणाधीन कमलाको पुल अझै कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन ।

    बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई नातेदारसँग भेटघाट गर्न र आफूले गरेको खेतीपातीको गोडमेल तथा रेखदेख गर्नका लागि आवतजावत गर्न जुगौँदेखि सास्ती खेपिरहनुपरेको छ । हुलाकी लोकमार्गअन्तर्गत सिराहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ । नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कैयौँ गाउँका जनता समस्यामा छन् । स्थानीयवासीहरूलाई आवतजावत गर्नलाई कि त पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घन्टा लामो यात्रा गर्नुपर्छ कि नदीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्छ ।

    त्यो पनि त्यति सहज छैन । यही समस्यालाई सम्बोधन गर्न सिरहा नगरपालिकाले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर काठको पुल बनाएको छ । उक्त पुल आइतबारबाट सञ्चालनमा आएको पनि छ । उक्त पुलमा अब मोटरसाइकल तथा पैदलयात्री निःशुल्क यात्रा गर्न सक्नेछन् । तर उक्त काठको पुलले यो बर्खायाम धान्नेमा शङ्का व्यक्त गर्छन् स्थानीय मोहनकुमार दास । “लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा यहाँका जनताले सास्ती खेप्नुपरेको हो ।

    काठको यति सामान्य पुल बन्दा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था छ । जसोतसो कामचलाउ काठको पुल त बन्यो तर कहिलेसम्मलाई हो भन्न सकिँदैन”, उहाँ भन्नुहुन्छ, “नदीमा अलि ठूलो बाढी आयो भने यो बनेको पुल पनि बगाएर लैजान्छ । फेरि समस्या उस्ताको उस्तै ।” सिरहा नगरपालिकासँग समन्वय गरी काठको पुल बनाउनका लागि पहल गर्नुहुने स्थानीय युवा रामचन्द्र यादव भन्नुहुन्छ, “स्थानीय बासिन्दा र यस हुलाकी लोकमार्गमा आवतजावत गर्ने यात्रीलाई बर्खामास नदीमा बाढी आई कठिनाइ हुने भएकाले आवतजावत गर्नलाई सहज होस् भनी नगरपालिकासँग पहल गरिएको हो ।

    यसमा नगरपालिकाले पनि सकरात्मकरूपमा लिएर पुल बनाउने काम गरेको छ, जुन सराहनीय छ । यसले गर्दा यात्रुको समयको बचत तथा दूरीलाई छोटो बनाएको छ । दैनिक दुई सयभन्दा बढी मोटरसाइकल तथा हजारौँ पैदलयात्रीलाई सहज भएको छ ।” नदी पारिपट्टि आफ्नो खेतीपातीको हेरचाहमा जानलाई अब तत्काललाई भए पनि समस्या टरेको छ सुभकान्त यादवलाई । सिरहा नगरपालिका–६ स्थायी घर भएका उहाँलाई नदी वारपार गर्न मात्र सहज भएको छैन, कृषि उपजलाई बजारसम्म लैजान पनि सहज भएको छ ।

    “खेतीपाती गर्नका लागि नदीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ । काठकै अस्थायी पुल भए पनि हामीलाई सहज भएको छ”, उहाँले खुसीको भाव व्यक्त गर्दै भन्नुभयो, “अब पारिपट्टिको खेतबारीमै तरकारी तथा बालीनाली सडेर नजाने भयो ।” बाँसको पुल बनिसकेपछि सिरहा चोहर्वाका मोहम्मद साहिबलाई त्यही बाटो हुँदै धनुषाको कमला–४ स्थित ससुराली घर जानका लागि सहज भएको छ । उहाँले खुसी हुँदै भन्नुभयो, “पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर जानुपरेको भए मलाई दुई घन्टा बढी लाग्ने थियो । यही काठकै पुल भए पनि ठूलो राहत मिल्यो”, त्यस्तै आफ्ना सात वर्षीय र नौ वर्षीय बच्चा लिएर सिरहा सदरमुकामबाट धनुषाको कमला –९ स्थित माइतीघर हिँड्नुभएकी मनिषा मण्डलले हर्षित हुँदै भन्नुभयो, “बालबच्चा लिएर नदी पार गर्न निकै कठिन थियो । अब ढुक्कसँग माइत पुग्न सकिने भयो ।

    उता (माइती)बाट पनि कुनै चिन्ता लिने कुरा भएन ।” हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो, तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो ।

    यही अनिश्चितताका बीच निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी पुनः काम सुरु गरेकोे थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको छ । निर्माण कम्पनीका अनुसार आगामी असोजबाट रोकिएको पुल निर्माणको काम पुनः सुरु हुनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.