• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति

  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ । पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ ।

    पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आँफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । “जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्”, उहाँले भन्नुभयो, “हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको छ ।” समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो ।

    निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिनुभयो । पछिल्ला समयमा देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने उहाँको विश्वास थियोे । पछिल्लो समयमा पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताउनुभयो ।

    “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।” पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।

    निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिनुभयो । कोरोना फेलिएका बेलामा पनि निर्माण कार्यलाई निरन्तरता दिँदै सम्पन्न भएको महादेवमूर्तिसहितका पूर्वाधारले यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएकोे मूल पुजारी भरत पौडेलले बताउनुभयो । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको बताउँदै उहाँले महत्वपूर्ण तिथि र पर्वमा भीडभाड हुने गरेको जानकारी गराउनुभयो ।

    समितिका सचिव नरहरि बरालका अनुसार मूर्ति स्थापनायता दर्शनार्थीको आगमनसँगै दान सहयोग पनि निरन्तर उठ्ने गरेको छ । भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा रु पाँच करोड सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । “विशेष तिथि र पर्वमा ठाउँ ठाउँबाट ठूलो सङ्ख्यामा भक्तजन पुम्दीकोटमा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “गत शिवरात्रिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी यहाँ आएका थिए ।”

    हिजो सोमबार झण्डै दस हजारको सङ्ख्यामा दर्शनार्थी पुम्दीकोटमा आएको उहाँले जानकारी दिनुभयो । समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान(कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत रहेको छ ।

    यी दुई थान करिब चार सय मिटरको दूरीमा रहेको छ । त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ । शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिँदै सदस्य बरालले त्यसका लागि करिब रु पाँच करोड लाग्ने देखिएको बताउनुभयो । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको जानकारी दिँदै उहाँले परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.