• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने

  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

    संघका अध्यक्ष श्रीकृष्ण कार्की भन्छन्–‘यस प्रतियोगिताले युवा भाइहरुलाई फुटसल र फुटबल खेलतर्फ आकर्षित बनाउन महत्वपूर्ण भूमिका खेल्छ, युवाहरुलाई खेलप्रति रुची बढाउनकै लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं ।’ एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ ।

    त्यसैको छेकोमा प्रतियोगिता यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेलस्थलमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक मिराज पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि यही साउन १७ गते साँझ ५ बजेभित्रमा टिम दर्ता गराउनुपर्ने हुन्छ । टिम दर्ताका लागि निःशुल्क व्यवस्था मिलाईएको छ । त्यसका लागि मिराज पौडेलः ९८०७१६६५६६ र गोपाल गुरुङः ९८४५९२०९५५ लाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

    प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रथम पुरस्कार रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र विभिन्न उपहारहरु र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिने आयोजकले जनाएको छ । एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारी भन्छन्,–‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनुको साथै सहकार्य गर्दै आइरहेका छौं ।

    विगतदेखि नै खेलकुद क्षेत्रलाई सहयोग गर्दै आइरहेकोमा यसपटक युवाहरुलाई फुटसल खेलमा अगाडि बढाउन फुटसल प्रतियोगिता आयोजना गर्न सहकार्य गरेका हौं । आगामि दिनमा यस खालका प्रतियोगिता अगाडि बढाउन हामी सधै तत्पर रहने छौं ।’ चितवन जिल्ला फुटबल संघ (एन्फा)ले जिल्लामा खेलकुदको गतिविधिहरु बढाउँदै लगेको छ ।

    जिल्लामा विभिन्न खालका फुटबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न एन्फा चितवनले सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । आफ्नै आयोजना र विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगिताहरुमा हातेमालो गर्दै आइरहेको छ । पछिल्लो समय फुटबलसंगै फुटसल समेत लोकप्रिय बन्दै गइरहेकोले फुटसललाई पनि प्राथमिकतामा राखिएको संघले जनाएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.