भरतपुर । उद्योग वाणिज्य संघ चितवनले खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको त्रासपछि सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी दैनिक ज्यालादारी गरी खानेहरु प्रभावित भएको भन्दै संघले खाद्यान्न वितरण गर्न लागेको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठका अनुसार जिल्ला भित्र ज्याला मजदुरी गरी दैनिकी गुजार्ने,तर अहिलेको लकडाउनका कारण मारमा परेकाहरूलाई पहिलो चरणमा एक हप्ता पुग्ने सहयोग गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार ‘प्रति परिवार पाँच के।जी चामल , डेढ केजि दाल, आधा लिटर तोरीको तेल, दुई के.जी. प्याज, तिन के.जी. आलु, एक के.जी. चिनी र २ के.जी. चिउरा वितरण गरिने भएको छ ।’ उद्योग वाणिज्य संघ चितवनकै कार्यलयमा शुक्रवार विहान ८ बजे बाट खाद्यान्न वितरण हुने छ । जसको लागि अहिले नगर प्रहरीको गडीमा माईकीङ्गको काम समेत भै रहेको अध्यक्ष श्रेष्ठले बताए ।








