• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वाल्मीकि आश्रम जान पुल बन्यो, बाटो बनेन

  •   सोमबार, साउन १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी । धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन । गत वर्ष मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जाने बाटो नभएपछि त्रिवेणीमा विकल्पका रुपमा पुल निर्माण गरिएको थियो ।

    नौ वर्ष लगाएर करिब एक वर्षअघि चार सय ७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिएपनि बाटो नबन्दा अहिले पनि भारतीय भूभाग हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१, अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ । नेपालकै भूभाग हुँदै यहाँ पुग्ने बाटो छैन । नवलपुरको त्रिवेणी धामबाट भारतीय भूभाग वाल्मीकि नगरको बाटो प्रयोग गरि वाल्मीकि आश्रम पुग्न सकिन्छ । भारतीय बाटो हुँदै जाँदा समस्या भएपछि त्रिवेणीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

    पुल निर्माण गरेपनि पुल तरेपछिको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाटो अझै बन्न सकेको छैन । वाल्मीकि आश्रम पुग्न त्रिवेणीधामबाट पुल तरेपछि चितवनतर्फ करिब १६ सय मिटर बाटो निर्माण गर्नुपर्ने अवस्था रहेको छ तर पुल निर्माण भएको एक वर्ष बित्दासमेत बाटो निर्माणको काम अघि बढ्न सकेको छैन । पुल निर्माणसँगै चितवनतर्फको भूभागमा ट्रयाक निर्माणको पहल भइरहेको त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्दे्रश्वर भुसालले बताउनुभयो ।

    गण्डकी प्रदेश सरकारले चालु आवमा वाल्मीकि आश्रम पुग्ने ट्रयाक खोल्नका लागि रु १५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । “पुल बनेर पनि भारतीय बाटोबाटै वाल्मीकि आश्रम जानुपर्ने बाध्यता कायमै रहेको छ, चितवन खण्डमा ट्रयाक खोल्ने काम नहुँदा यस्तो भएको हो”, उहाँले भन्नुभयो, “अब ट्रयाक खोल्ने गरी बजेट सुनिश्चित भएको छ, चाँडै काम अघि बढ्छ ।” ट्रयाक खोल्ने कामसँगै सुरक्षार्थ नेपाली सेनाको जाँच पोष्टसमेत निर्माण हुने जनाइएको छ ।

    निकुञ्ज क्षेत्र पर्ने भएकाले पुलको छेउमा चेकपोष्ट निर्माण गरिने कार्यकारी निर्देशक भुसालले बताउनुभयो । ट्रयाक खोलेपछि नेपालकै बाटो हुँदै सहजरुपमा वाल्मीकि आश्रम जान सकिने उहाँले बताउनुभयो । यसले वाल्मीकि आश्रमसहित त्रिवेणी धाम क्षेत्रमा समेत धार्मिक पर्यटकको आगमन बढ्ने कार्यकारी निर्देशक भुसालले बताउनुभयो ।

    वाल्मीकि आश्रम पुग्ने बाटो निर्माणसँगै यस क्षेत्रको विकासमा समेत काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । भूगोलले बागमती प्रदेशमा पर्ने र पहुँचले गण्डकी प्रदेशबाट सहज रहेको वाल्मीकि आश्रमको विकासमा बागमती प्रदेशले खासै चासो दिन सकेको छैन । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाले यसको संरक्षण गर्दै आएको छ । रासस 

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.