• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ

  •   सोमबार, साउन १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ
    भोजपुर । भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
    उक्त भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गाउँपालिकासँगै केन्द्र र प्रदेश सरकारले आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको टेम्केमैयुङ–९ लेखर्क निवासी राजकुमार विश्वकर्माले बताउनुभयो । मौसम खुलेको समयमा दैनिक पाँच÷सात समूहमा पर्यटक आउने गरेको उहाँको भनाइ थियो ।
    “कपासे भञ्ज्याङ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ”, विश्वकर्माले भन्नुभयो, “यहाँ घुम्न भोजपुर, खोटाङ तथा अन्य जिल्लाबाट पनि मानिस आउने गरेका छन् । यसलाई अझ प्रचारप्रसार गर्नसके पर्यटकको सङ्ख्या अझ बढ्ने थियो ।”
    पर्यटकको सहज आवागमनका लागि टेम्केमैयुङ गाउँपालिकामा पर्ने मुन्दुम पदमार्गलाई कपासे भञ्ज्याङसम्म विस्तार गर्ने लक्ष्य रहेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनुभयो ।
    हरियाली चौर तथा विभिन्न हिमशृङ्खलासँगै तराईका सुन्दरफाँट हेर्न सकिने भएकाले जो कोही पनि  यो ठाउँमा पुग्न रुचाउने गरेको उहाँको भनाइ थियो । प्राकृतिक दृष्टिले निकै सुन्दर रहेको यो ठाउँको प्रचारप्रसारसँगै आवश्यक विकास गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रशासकीय अधिकृत न्यौपानेले उल्लेख गर्नुभयो ।  “यो धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो”, उहाँले भन्नुभयो, “यसको विकासका लागि गाउँपालिकाले आवश्यक भूमिका निर्वाह गरिरहेको छ । प्राकृतिकरुपमा निकै सुन्दर ठाउँ भएकाले यसको विकास गरेर आर्थिक पक्षसँग जोड्ने गाउँपालिकाको लक्ष्य छ ।”
    यहाँको विकासका लागि टेम्केमैयुङ गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा यहाँ खानेपानीका लागि रु आठ लाख र सुम्निमा पारुहाङको मूर्ति स्थापनाका लागि रु १० लाख लगानी गरेको जनाएको छ । मूर्ति संरक्षणका लागि घेराबार तथा द्वार निर्माण र पैदलमार्ग निर्माणका लागि टेम्केमैयुङ–९ लेखर्कले रु चार लाख लगानी गरेको वडा कार्यालयले जनाएको छ ।
    यो आर्थिक वर्षमा पनि थप काम गर्न वडाले रु एक लाख बजेट विनियोजन गरेको छ भने विद्युत् विस्तारका लागि गाउँपालिकाले काम गरेको सेल्मे, कपासे हलहले पर्यटन संरक्षण समिति भोजपुरका सहसंयोजन बविन्द्र राईले जानकारी दिनुभयो ।
    कपासे भञ्ज्याङको बृत्तहर विकासका लागि रु नौ करोड २२ लाख बराबरको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर काम भइरहेको खोटेहाङ गाउँपालिका–२ का वडाध्यक्ष पारस राईले जानकारी दिनुभयो ।
    उहाँका अनुसार यहाँको विकासका लागि उक्त गाउँपालिकाले राष्ट्रिय विभूति स्मारक पार्क निर्माणमा रु २५ लाख  र वडा  कार्यालयले रु चार लाख लगानी गरेको छ ।
    त्यस्तै केन्द्र सरकारले रु २० लाखको लगानीमा पर्यटन पार्क निर्माण गरिदएको वडाध्यक्ष राईले बताउनुभयो । वडा कार्यालयले विभिन्न आर्थिक वर्षमा यहाँ रहेको तीन कन्या पोखरी निर्माणमा रु आठ लाख र गुम्बा निर्माणमा रु चार लाख गरी कूल बाह्र लाख लगानी गरेको थियो
    यो ठाउँको विकास भएपछि  विसं २०७४ देखि ११ घर परिवारले बसोबाससमेत गर्न थालेका छन् । प्रदेश सरकारले रु २० लाख लगानी गरेर बजार व्यवस्थापनका लागि चार वटा ट्रस्ट निर्माण गरिदिएको छ ।
    त्यस्तै कोशी प्रदेश सरकारको रु २० लाख सहयोगमा सेल्मे–कपासे सडक निर्माण गरिएको छ ।
    कृषि ज्ञानकेन्द्रले रु १५ लाखको  लागतमा आलु भण्डारण केन्द निर्माण गरिदिएको छ भने भोजपुर र खोटाङबासीको सक्रियतामा चिया खेतीेसमेत विस्तार गरिएकोे छ ।
    कपासे भञ्ज्याङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गलेले बताउनुभयो । दुई जिल्लाको सङ्गमस्थल रहेकाले खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा आवश्यक संरचना निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । “कपासे भञ्ज्याङको बृहत्तर विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “हामीले यहाँको विकासका लागि आवश्यक काम गरेपछि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कपासे क्षेत्रलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”
    प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो स्थानमा आन्तरिक पर्यटकको आवागमनले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगेको वडा नं २ का पवन राईले बताउनुभयो । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ आवश्यक संरचना निर्माणले पर्यटकको आवागमन बढेको उहाँको भनाइ थियो ।
    “पर्यटक लक्षित आवश्यक संचरना बनेपछि यस क्षेत्रको विकासमा धेरै टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि काम गरिरहेका छन् । घुम्नका लागि आउने मानिसको सङ्ख्या बढेको छ । यसले यहाँको कृषि उत्पादनको बजारीकरणमा पनि केही टेवा पुगेको छ । यो क्षेत्रको विकासले हामीमा उत्साह थपिएको छ ।”
    –––

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.