• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नगर अस्पताल निर्माणमा ढिलाइ

  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ भएको छ । सम्झौताअनुसार अस्पताल निर्माण गर्ने समय सकिएर म्याद थप गर्दा पनि कामले गति लिन सकेको छैन ।

    विसं २०८० जेठ १३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेगरी काठमाडौँको ड्रागन कन्स्ट्रक्सन प्रालिले विसं २०७८ जेठ १४ मा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा भवन निर्माण सम्पन्न नभएपछि आगामी फागुन १३ गतेसम्मका म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म २३ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । कोरोनालगायत विभिन्न कारण देखाउँदै म्याद थपका लागि माग गरेपछि नौ महिना समय थपिएको प्रवक्ता तिवारीले बताउनुभयो ।

    भवन निर्माणका लागि गैँडाकोट छनौट भएपछि सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । अत्याधुनिक १५ शय्या क्षमताको भवन निर्माणका लागि निर्माण पक्षसँग रू १२ करोड १५ लाख ७८ हजार सम्झौता भएको प्रवक्ता तिवारीले बताउनुभयो । उहाँका अनुसार सम्झौताअनुरुप तीन छुट्टाछुट्टै भवन निर्माण गर्नुपर्नेछ ।

    तीनमध्ये एउटाको पहिलो तला ढलान भएको, एउटाको डिपिसी मात्रै गरिएको छ भने तेस्रो भवनको डिपिसीका लागि खाल्डो मात्रै खनिएको नगरपालिकाका पूर्वाधार शाखाप्रमुख इन्जिनियर निरजकुमार क्षेत्रीले जानकारी दिनुभयो । शव राख्ने भवनको काम सुरु गर्न बाँकी रहेको जानकारी दिँदै उहाँले काम समयमा नै सम्पादन नभएको सम्बन्धमा यसअघि नगरपालिकाले पत्र काटेको जानकारी दिनुभयो । नियमित काम गर्दा थपिएको समय सीमाभित्रै निर्माण सम्पन्न हुने उहाँको भनाइ थियो । वर्षायाममा ठूला ढलान कार्य प्रभावित हुने क्षेत्रीले बताउनुभयो ।

    अस्पताल परिसरमा रहेको बुद्ध मूर्ति र गुम्बालाई स्थानान्तरण गर्न समय लागेकाले निर्माणमा ढिलाइ भएको निर्माण पक्षको दाबी छ । सम्झौता अवधिभित्र कार्य सम्पन्न नहुनाका १३ कारण पेस गरी निर्माण पक्षले म्याद थपको माग गरेको थियो ।

    निर्माण कम्पनीका तर्फबाट अमृत भुर्तेलले कोभिडको प्रभाव, कार्यस्थलमा रहेको गुम्बा स्थानान्तरणमा ढिलाइ हुनु, माटो परीक्षणमा समस्या, पेस्की र नगद भुक्तानी समयमा नपाउनु, बजार महङ्गी, सामग्री अभाव, निर्वाचनको असरलगायत कारणले निर्माण प्रभावित भएको बताउनुभयो ।

    अस्पताल व्यवस्थापन समितिका सदस्य एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्द सुवेदीले काठमाडौँबाट ठेकेदार झिकाई काम सुरु गर्न दबाब दिएपछि निर्माणले गति लिएको बताउनुभयो । “समयमा काम सुरु हुने अवस्था नदेखेपछि ठेक्का रद्द गरी अगाडि बढ्ने तयारी गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसपछि निर्माण पक्ष कार्यस्थलमा आएर रड झार्ने, खाल्डा खन्नेलगायत काम थालेको छ ।”

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.