• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

डेङ्गु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार

  •   शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँको सरकारी भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘¥यापिड रेस्पोन्स टिम’ तयार पारेको हो । अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ ।

    प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेङ्गुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाइएको बताउनुभयो । उहाँका अनुसार आकस्मिक कक्षमा एक जना डेङ्गु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ । डा कँडेलले भन्नुभयो, “मन्त्रालयले केही भनेको छैन, आन्तरिकरूपमा डेङ्गु रोगको उपचारका लागि तयारी गरेका हौँ ।”

    डेङ्गु सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो । डेङ्गु सार्ने लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर र हातखुट्टा छोप्ने गरी कपडा लगाउन र झुलभित्र सुत्न, झ्याल ढोकामा जाली लगाउन उहाँले आग्रह गर्नुभयो । लामखुट्टको वासस्थान नष्ट गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “घर वरिपरि पानी जम्मा हुने खाडल पुर्नुपर्छ, गमला, थोत्रा टायर, फालिएका टिन एवं प्लास्टिकका बोतलमा पानी जम्मा हुन दिनुहुँदैन ।

    घर टोलमा रहेका झाडी र बुट्यान सफा गर्नुपर्छ ।” पानी ट्याङ्कीलाई ढाकेर राख्न र लामखुट्टे प्रवेश गर्न नदिन, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाल्न र जम्मा भएको पानी फेर्ने, घरपालुवा जनावर घरदेखि टाढा व्यवस्थित तरिकाले पाल्न उहाँले सुझाव दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.