• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा

  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    लासा । मित्र राष्ट्र चीनको तिब्बत प्रान्तको भ्रमणमा रहनुभएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा गर्नुभएको छ । शुक्रबार साँझ तिब्बतको राजधानी लासामा आयोजित विशेष कार्यक्रममा प्रमुख दाहालले निमन्त्रणा–पत्र प्रदान गर्नुभयो । अध्यक्ष यान चिनहाई नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाटको क्रममा प्रमुख दाहालले नेपाल र चीनसँगको सम्बन्ध र तिब्बतको लासासँगको साँस्कृतिक र राजनीतिक सम्बन्धको बारेमा चर्चा गर्दै भरतपुर र तिब्बत बीचको पारस्परिक हित र समग्र विकासको बारेमा महामहिम अध्यक्षलाई स्मरण गराउनुभएको थियो ।

    सो अवसरमा अध्यक्ष यान चिनहाईले नेपालको स्थानीय सरकारको प्रमुखको रूपमा पहिलो पटक स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल र नेपाली जनताको बृहत्तर हितमा सधै लागिरहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष यान चिनहाईले चीन सरकार र नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरूको आपसी भेटघाटले नेपाल र चीन बीचको जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याएको धारणा राख्नुभएको थियो । नेपालले विश्व मञ्चमा एक चीन नीतिको पक्षमा आफ्नो दृढ धारणा राख्दै आएकोमा नेपाल सरकार र नेपाली जनतालाई तिब्बत प्रान्त र चिनियाँ सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

    भेटघाटमा महामहिम यान चिनहाईले भरतपुर महानगरपालिकाले वर्ष २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा उत्सवको रूपमा मनाउन लागेकोमा खुसी व्यक्त गर्दै वर्ष २०२४ मा समय मिलाएर आफु भरतपुर आउने बताउँदै तिब्वती नागरिकलाई नेपाल र भरतपुरको भ्रमण गर्न प्रेरित गर्ने बताउनुभयो । भेटका क्रममा चीनले नेपालसँग सीमा जोडिएको सबै नाकाहरू छिट्टै खोली आवात–जावत र व्यपार आदन प्रदानलाई सहज बनाउदै लैजाने नीति चीनले लिएको बताउनुभयो ।

    महामहिम यान चिनहाईले भरतपुरले तिब्बतको सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ गरेको बताउदै भरतपुरले सिगात्सेको लागि पशु आहार साईलेज प्रदान गरेको प्रति महानगर प्रमुख दाहाल र भरतपुरका जनताप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा भ्रमण दलके तर्फबाट भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल र चीनबीच समयसमयमा हुँदै आएका उच्चस्तरीय भ्रमण आदानप्रदान दुई देशबीच रहिआएको घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम भएको उल्लेख गर्नुभयो ।

    नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको बताउनुभयो । नेपाल र चीनबीच रहिआएको सम्बन्ध जनस्तमा समेत प्रगाढ बनाउन भरतपुर महानगर र तिब्ब्तको सिगात्से सहरबीच भागिनी सम्बन्ध स्थापनाको कार्य अघि बढेको उहाँको भनाई थियो । भागिनी सम्बन्ध विस्तार भएपछि दुवै महानगरहरुले जनताको जीवनस्तर सुधार्ने सम्बन्धमा एक आपसमा अनुभव र क्षमता आदान प्रदान हुने अपेक्षा लिएको बताउनुभयो । साथै आर्थिक सामाजिक क्षेत्रमा हुने सहकार्यबाट आयात निर्यात तथा व्यापरिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

    चीनको तिब्बत सरकारले नेपाल सरकारलाई निरन्तर प्रदान गरी रहेको आर्थिक प्राविधिक सहयोगको पुन स्मरण गर्दे भरतपुर महानगरको विकासमा समेत थप अर्थिक प्राविधिक सहयोगको लागी अनुरोध गर्नुभयो । साथै भरतपुरमा चीनीया लगानी बढाउन र भरतपुर महानगरले घोषणा गरेको भरतपुर भ्रमण बर्ष सन २०२४ लाई सफल बनाउन चिनिया पर्यटकलाई नेपाल र भरतपुर नगरपालिका भ्रमण गर्न अभिप्रेरित गराउने कार्यमा महामहिमको सदभावको अपेक्षा राख्नुभयो । शुक्रबार साँझ उच्त स्तरीय भेटघाटपछि महामहिम यान चिनहाईले नेपाली प्रतिनिधि मण्डलको सम्मानमा रात्री भोजको आयोजना गर्नुभएको थियो ।

    रात्रीभोजमा उपाध्यक्ष चेन योङ्गकी, सचिव लाई हङजुन, कृषि विभागका निर्देशक जाना हाईबो, सिगात्से सिटीका मेयर वाङपmङहङ लगायतको उपस्थिति रहेको थियो । भने नेपाली प्रतिनिधि मण्डलका उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नेरन्द्र राना, प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारी, विज्ञ सल्लाहकार अनिल कुमार पाठक र ईन्जिनियर साकार लामाको उपस्थिति रहेको थियो । उच्च स्तरिय भेटधाटमा लासा स्थित नेपाली महावाणिन्ज्य दुत नवराज ढकालको समेत सहभागिता रहेको थियो ।

    यस्तै उच्चस्तरीय भेटघाटअघि भरतपुर महानगर प्रमुख दाहाल नेतृत्वको प्रतिनिधि मण्डललाई महावाणिज्य दुत नवराज ढकालले लासास्थित दुतावास भवनमा स्वागत गर्नुभएको थियो। सो अवसरमा वाणिज्य दुतावसले तिब्बत प्रान्तमा नेपाल र नेपाली जनताको हितमा गरेका कामहरू र लासा सहरको बारेमा जानकारी गराउनुभएको थियो । भेटका क्रममा महानगर प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लाई तिब्वती नागरिकहरूलाई भरतपुर भ्रमण गराई सफल बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

    चीनको स्वसासित क्षेत्र तिब्बतको भ्रमण रहेको प्रतिनिधि मण्डलले लासा सहरको ऐतिहासिक धरोहर पुतला दरबार बार्किड्ग स्टेट लगायतका स्थानहरूको अवलोकन गरेको भरतपुर महानगरपालिकाका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो । यस अघि प्रतिनिधि मण्डलले सिगात्से सहरको भ्रमण गरी सेकेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.