• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एकै थलोमा अग्रज र अनुज कलाकार

  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनबहादुर गुरुङ

    अन्नपूर्ण (कास्की) । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो । शनिबार उहाँहरु सबैले विन्ध्यवासिनीबाट देखिएको दृश्य क्यानभासमा उतार्दै गरेको देखिन्थ्यो । वात्स्यायनको अनुभव र उहाँको कलासँग अग्रज र अनुज कलाकार भलाकुसारी गरिरहेको भेटिन्थ्यो । अग्रज र अनुज कलाकारलाई एकै थलोमा भेट गराउने चाँजोपाँजो पोखरेली युवा सांस्कृतिक परिवारले मिलाएको थियो ।

    अनुभवी र सिक्दै गरेका कलाकारलाई समेट्दै पोखरेली युवा सांस्कृतिक परिवार ६१औँ शृङ्खलाको ‘समता कला कार्यशाला’ गरिरहेको थियो । बिहान १०ः३० बजे निर्धारित समयमै कार्यक्रम सुरु भयो । उपस्थित कलाकार क्यानभास, स्ट्यान्ड, रङ, पानी, पेन्सिल, ब्रस चलाउनमै व्यस्त थिए । पानी रङमा खेल्नेहरूले पेन्सिलको डोबमाथि रङ लगाउँदै थिए । एक्रेलिक चित्र कोर्ने पनि व्यस्त रहे । करिब दुई घन्टाको अन्तरालमा सबैले सुन्दर चित्र तयार गरे । अनि विन्ध्यवासिनीमा पुगेका भक्तजन र दर्शकका लागि प्रदर्शन गरियो ।

    अग्रज र अनुजको एकैथलोमा बसेर चित्र कोर्दा कोही सानो–ठूलो त थिएनन् । तर अनुभवीसँग रहँदा अनुजलाई राम्रै फाइदा भयो । वात्स्यायनसँगै अग्रज कलाकार बुद्धि गुरुङ, मनोज तामाङ, रिक गुरुङ, थम्मनसिंह सुनार, दलबहादुर गुरुङ, एलिता गुरुङ, निशान थापालगायत दुई दर्जन कलाकार लकडाउनपछि भौतिकरूपमै सहभागी भएर चित्र कोरेकाले सबै खुसी थिए । समता कला कार्यशालाले यसरी अग्रज र अनुजलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाएको कलाकार निशान थापाले बताउनुभयो ।

    “हामीलाई सबै कुरा थाहा हुँदैन । अग्रजसँगै काम गर्दा उहाँहरूको अनुभव र टेक्निकले नयाँ कुरा सिर्जना गराउन सघाउँछ”, उहाँले भन्नुभयो, “पोखरेली युवा सांस्कृतिक परिवारले जस्तै अरु संस्थाले पनि यसरी अग्रज र अनुज एकै ठाउँमा चित्र कोर्ने वातावरण मिलाउनुपर्छ ।” वरिष्ठ कलाकार वात्स्यायानले समता कला पाठशालाले पोखरामा छरिएर रहेका कलाकारलाई एकै ठाउँमा ल्याउने काम गरेको बताउनुभयो । सुरुमा ग्रामीण भेगमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्ने काम गरिएकाले पोखरालाई पानीरङको पाठशालाका रूपमा चिनाएको उहाँले सम्झिनुभयो ।

    उहाँले भन्नुभयो, “पोखरा पानी रङको सहरमा त चिनियो नै गाउँ–गाउँमा गएर त्यहाँको प्रकृति, संस्कृति र भूगोल चित्रमा उतार्दा कलाकारको आर्यआर्जनको बाटो पनि खुल्यो ।” पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित भएकाले पानी रङको महत्व बुझाउनुपर्ने वात्स्यायानको सुझाव थियो । “पछिल्लो समय पानीरङ छाडेर एक्रेलिकतर्फ कलाकार र ग्राहक आकर्षित छन् । एक्रेलिकमा पनि जान पाइयो तर पानीरङलाई मर्न दिनु भएन”, उहाँले भन्नुभयो, “एक्रेलिक राम्रो भन्ने ग्राहकको मानसिकता हटाउन कलाकार नै लाग्नुपर्छ ।

    यसका लागि राम्रो कागज र रङ प्रयोग गर्नुपर्यो ।” कलाकारले नयाँ–नयाँ तरिका सिक्नुपर्ने जनाउँदै उहाँले पोखरेली चित्रकलालाई अझै सुधार्दै जानुपर्ने उहाँले बताउनुभयो । कलाकार बुद्धि गुरुङले २०४२ सालदेखि पोखरेली कलाकार गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिँदा नयाँ कलाकारले आफूलाई निखार्ने अवसर पाएका छन् ।”

    पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार कवि तीर्थ श्रेष्ठले कलाको विकासका लागि अरुको भर परेर होइन, आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताउनुभयो । उहाँले कला कार्यशालामा कोरिएका चित्र प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससमक्ष पुर्याउन आग्रह गर्नुभयो । पोखरेली युवा सांस्कृतिक परिवार प्रत्येक तीन महिनाको तेस्रो शनिबार समता कला कार्यशाला सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयो । उहाँले आगामी दिनमा अझ चुस्तदुरुस्त र व्यवस्थित कला कार्यशाला आयोजना गरिने जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.