चितवन । नबिल बैँक नारायगढ शाखाले फोनबाट लोन लिने सुबिधा सुरु गरेको छ ।
शाखाले एक विज्ञप्ति जारी गर्दै तलबी खाता बाहक ग्राहकका लागि आवश्यकता अनुसार एक लाख सम्मको ऋण मोबाइलबाटै उपलव्ध गराउन सकिने जनाएको हो ।
डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको यस बैँकले नियमित तलब यस बैँकबाट बुझ्ने कर्मचारीहरुका लागि यो सुबिधा ल्याएको हो । यस बैँकले एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकार्यमा यो सुविधा सञ्चालनमा ल्याएको हो ।
नबिल स्मार्ट बैँकको विश्लेषणात्मक प्रविधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअलक्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बैँकले जनाएको छ । यो सुविधा लिन नबिलको स्मार्ट बैँक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधिका लागि उपलब्ध गराइने शहिदचोक शाखाका व्यवस्थापक राजन मानन्धरले जानकारी दिनुभयो । कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स ऋण लिन इच्छुक ग्राहकले बैँकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैँकले आफ्नो स्मार्ट बैँक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । इन्ँस्ट्यान्ड लोन बैँकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने मानन्धरले जानकारी दिनुभयो ।
बिना धितो ऋण ग्राहकको बैंकिङ कारोबारसँग निहित भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने बैँकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहले जनाकारी दिनुभयो । शाहले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्न्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा पहिलो पटक स्मार्ट बैँक एप मार्फत् यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’ हाल बैँकले ११९ शाखा तथा १८४ ओटा एटीएम सञ्जाल मार्फत सेवा दिँदै आएको छ ।








