• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२, प्रादेशिक सार्वजनिकीकरण’ कार्यक्रममा उहाँले दरबन्दी र उपकरणको विषयमा समेत व्यवस्थापनको लागि मन्त्रालय गम्भीर भएर लागिरहेको बताउनुभयो ।

    स्वास्थ्य क्षेत्रमा २० प्रतिशत बजेट कम भएको गुनासो गर्दै उहाँले यसअघि पनि ४० प्रतिशतसम्म कटौती भएको बजेटले स्वास्थ्य क्षेत्रमा नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्न नसकेको बताउनुभयो । भएका स्रोत र साधनलाई उचितरुपमा सदुपयोग गर्दै आएको बताउँदै मन्त्री बस्नेतले प्रतिफल दिन नसकेको ठाउँमा बजेट कटौती गरेर आवश्यक भएको ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । “ठूलो उपकरण खरिद गरेर बढी खर्च गर्नेभन्दा पनि साना लगानीको उपकरण खरिद गरेर धेरै ठाउँबाट सेवा प्रवाह गर्ने काममा केन्द्रित भएर लागिरहेको छु”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई आश लाग्दो अवस्थामा पु¥याएका छौँ ।”

    कतिपय अवस्थामा गर्नुपर्र्ने नीतिगत सुधारको काममा समेत हेरेर सुधार गर्दै सबैको साथ, सहयोग र सुझावबाट नै अगाडि बढिरहेको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले पालिकामा शिलान्यास भएका आधारभूत अस्पताल र त्यसमा आवश्यक पर्ने दरबन्दीको विषयलाई भविष्यमा सम्बोधन गर्दै जाने बताउनुभयो । उहाँले सविधानमा उल्लेख भएअनुसार गरिब, विपन्न वर्गका साथै सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफू निरन्तर काम गर्न लागिरहेको बताउनुभयो ।

    मानवीय संवेदना जोडिएको मन्त्रालय भएकाले सानोतिनो कमीकमजोरीले मान्छेको ज्यान तत्कालै जाने र सानोतिनो सहयोगबाट पनि मान्छेको ज्यान तत्कालै बाँच्न सक्ने भएकाले सक्रियपूर्वक काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सरकारले सामुदायिक र निजी अस्पतालको स्वीकृति दिँदा दश प्रतिशत श्यया निःशुल्क गर्नुपर्छ भनेर व्यवस्था गरेकामा त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको अवस्थामा आफूले त्यसलाई लागू गराएको बताउनुभयो ।

    उहाँले पहिला सरकारी अस्पताललाई सुधार गर्दै अगाडि बढ्ने रणनीतिअनुसार वीर अस्पतालको सेवा सुधार गरेपछि सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको बताउँदै पैसा नभएकै कारणले कुनै पनि व्यक्तिले उपचार गर्न नसकेर मर्नुपर्ने अवस्था सिर्जना हुन नदिने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालमा रहेको आठ सय एक श्यया आजदेखि निःशुल्करुपमा उपलब्ध भएको घोषणा गर्नुभयो ।

    चुनौतीपूर्ण रहेको स्वास्थ्य क्षेत्रलाई रुपान्तरण गर्न आफू लागिपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका उपकरण किन्न हतार गर्ने, छिट्टै बिग्रने र बनाउनलाई धेरै समय लाग्ने भएर सेवा दिन नसक्ने अवस्थालाई सुधार गर्न सकेमा मात्रै हुँदा खाने वर्गको पहुँचसम्म सेवा पुर्‍याउन सक्छौँ ।” स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्थानीय तहमा स्थापना भएका पाँचदेखि १५ श्ययासम्मको अस्पतालमा उपचार गरेका सबै बिल भर्पाइ मन्त्रालयमा पठाएको अवस्थामा त्यसको आवश्यक रकम उपलब्ध गराउँदै आएको बताउनुभयो ।

    स्वास्थ्यसम्बन्धी नीति, योजना, रणनीति, मूल्याङ्कनको लागि नीति निर्मातालाई तथ्य पृष्ठपोषण गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशभित्रका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको कार्यक्रममा नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को बागमती प्रदेशको तथ्याङ्क प्रतिवेदन सार्वजनिकीकरण, मातृ मृत्यु दरको अवस्थाको तथ्याङ्क सार्वजनिक गर्नुका साथै पछिल्लो समयमा महामारीकै रुपमा फैलिरहेको डेङ्गु रोग नियन्त्रण र त्यसको अवस्थाको बारेमा तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

    कार्यक्रममा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, रामेछाप जिल्लाका रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, धादिङ धुनिबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यलगायतले सङ्घ र प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने सहयोग र ध्यान दिनुपर्ने विषयमा सुझाव पेश गर्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.