गोरखा । गोरखामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। जिल्लाको धार्चे गाउँपालिका २ केरौँजाका एक पुरुषको जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर ज्यान गएको हो। अन्दाजी ३८ बर्षका मनिरक्ष गुरुको मंगलबार बिहान करिब ११ बजे भीरबाट लडेर ज्यान गएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुले जानकारी दिनुभयो। मृतकको शव बुधबार क्षतविक्षेत अबस्थामा भेटिएको उहाँले बताउनुभयो।








