• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भन्नुभयो, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।” उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन ।

    आफूले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची व्यवसाय गरे पनि यस वर्ष उत्पादन नभएको प्रधानको गुनासो छ । अलैँची उत्पादनमा गिरावट आएपछि समस्यामा परेको भोजपुर नगरपालिका–१० का कृषक दुर्जधन राईले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य प्रतिमन रु ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषक उहाँको भनाइ छ । गत वर्ष किसान राईले चार मन अलैँची उत्पादन गर्नुभएको थियो । वर्षौँदेखि बाँझो रहेको जग्गामा कृषकले मुख्य आम्दनीको स्रोतका रूपमा अलैँचीखेती गर्दै आइरहेका छन् ।

    अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा भित्तामा पनि अलैँचीखेती गर्न सकिने भएकाले यसतर्फ कृषकको लगाव बढी देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । कृषकलाई प्रधानमन्त्री अधुनिकीकरण परियोजनाले प्रविधिक तथा ५० प्रतिशत लागत साझेदारीमा थप खेती विस्तारमा सहयोग गरेपछि अलैँची खेती गर्ने कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताउनुभयो । खडेरी र रोगले अलैँची नष्ट भएपछि उत्पादनसमेत घटेको हो । उत्पादन नघट्ने हो भने कृषकको आर्थिकस्तरमा मात्र नभएर जिल्लाको अर्थतन्त्रमा समेत अलैँचीले सहयोग गर्ने भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो ।

    “कृषकलाई उचित मूल्य पाउनै समस्या हुन्छ, मूल्य बढ्दा उत्पादनमा कमी आएको छ, कृषक मारमा छन्”, उहाँले भन्नुभयो । खेतीमा लाग्ने विभिन्न रोगका कारण पनि उत्पादन कमी आएको अलैँची व्यवसायी महासङ्घ भोजपुरका अध्यक्ष राजेश विष्टले बताउनुभयो । बगानमा छिर्केफुर्के, जरा तथा पाना कुहिने, डढुवाजस्ता रोग देखिने भएकाले पनि उत्पादनमा कमी आएको उहाँको भनाइ छ । जिल्लाको दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्द नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैँसीपङ्खा, भोजपुर, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत करिब एक हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ ।

    अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैँचीको मूल्यमा आएको गिरावटले आम्दानीभन्दा श्रम ज्यादा हुने गरेको बताइएको छ । अलैँची उत्पादनअनुसार मूल्य नभएपछि सिजनका बेला बगानमा अलैँची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोडमेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्यालामात्रै रु दुई लाखसम्म लाग्ने गरेको अलैँची कृषकको गुनासो छ । अलैँची कृषक बखतबहादुर श्रेष्ठले यस वर्ष मूल्यमा वृद्धि भएको भए पनि उत्पादनमा कमी आएको बताउनुभयो ।

    “हामी मूल्य बढ्नुपर्छ भनेर चिन्तित थियाँै, तर बढेर पनि उप्त्पादन घट्दा हामी कृषकलाई फाइदा भएन”, उहाँले भन्नुभयो । भोजपुरमा उत्पादन भएको अलैँची धनकुटाको हिले, सङ्खुवासभा, धरान, झापाको बिर्तामोडमा सङ्कलन हुँदै बाहिरी बजारसम्म बिक्रीका लागि जाने गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.