काठमाडौँ । म्यान्चेष्टर युनाईटेड काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति च्याम्पियनसिप क्लब लुटन टाउनमाथि ३-० को सहज जित निकाल्दै युनाईटेड चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । युनाईटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले एकएक गोल गरे । खेलको ४४ औं मिनेटमा माटाले पेनाल्टी गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ८८औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । यस्तै, इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।








