• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बेदकोट । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उहाँले जीविकोपार्जनको गन्तव्य बनाउनुभएको छ नेपाली गाउँ, कुतियाबरलाई । उहाँले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो ।

    “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ”, उहाँ भन्नुहुन्छ, “यसैबाट घरखर्च चल्छ ।” सुरुआतमा दुई बिघा जमिन भाडामा लिएको उहाँले बताउनुभयो । महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उहाँको भनाइ छ ।

    परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उहाँले गर्नुभएको छ । “रु १२ हजार प्रत्येक वर्ष जमिनको भाडा तिर्छुँ, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ”, उहाँ भन्नुहुन्छ, “घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।” भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन । यहाँका स्थानीयको रोजीरोटी पनि एकापसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् । नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्नुहुन्छ ।

    बर्सेनि रु एक÷दुई तरकारी खेतीबाट बचत गर्ने गरेको उहाँ बताउनुहुन्छ । उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उहाँको भनाइ छ । “व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौँ”, उहाँले भन्नुभयो, “बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ ।” धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको उहाँले बताउनुभयो ।

    कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पु¥याउने गरेको पुलिनको गुनासो छ । एक पटक छरेको परवलको बीउ पाँच÷छ वर्षसम्म उत्पादन दिने गरेको उहाँले बताउनुभयो । “एक पटक छरेपछि पाँच÷छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ”, उहाँले भन्नुभयो, “त्यसैले पटकपटक लगानी गरिराख्नु पर्दैन, आफ्नो मेहेनत मात्रै लाग्छ ।” दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ ।

    “अचेल यतै गाडी चल्न थाले, अब हामीलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ”, विश्व मण्डलले भन्नुभयो । उहाँका अनुसार परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० सम्म बिक्री हुने गरेको छ । एक कट्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मण्डलले बताउनुभयो । “परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं”, उहाँले भन्नुभयो, “एक पटकमा एक÷दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।” रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.