• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

हिमालमा पदमचाल फुल्दा…

  •   बुधबार, साउन ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ
    फुङ्लिङ । यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क  हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा  घुमघाम गर्नेलाई मोहित बनाएको छ ।
    उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल ९केन्जो० फूललाई लिन सकिन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ बनेको धरहराको झल्को आउँछ । धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ । हिमाली क्षेत्रमा उच्च डाँडा तथा पहरामा सेताम्य भएर केन्जो फूलले जो–कोहीलाई पनि लोभ्याउँछ ।
    केन्जो अर्थात् पदमचाल दुर्लभ प्रजातिको फूल हो ।  अग्लो र सेतो हुने यो फूल निकै सुन्दर हुन्छ । डाँडैभरि टावरझैँ फुलेको हुन्छ केन्जो । लेकाली चौर र अग्ला डाँडा निकै आकर्षक देखिने गरी फुलेको भेटिन्छ । केन्जो औषधि पनि हो । पहाडमा बाक्लो गरी देखिने केन्जो लामो क्षेत्रसम्म फैलिएको छ ।
    फरक किसिमको फूल भएकाले आकर्षक देखिन्छ । यो कमै ठाउँमा पाइन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङले  मिक्वाखोला गाउँपालिका–५ का लोदेन र तोक्पेगोला तथा फक्ताङलुङ गाउँपालिका–७ सिङजेमा, देउमा र माउमा क्षेत्रमा केन्जो कमै पाइने बताउनुभयो । सिदिङवा गाउँपालिका–७ तिम्बुपोखरी पनि क्षेत्र केन्जो पाइने एक ठाउँ हो ।
    वनस्पति विभागका अनुसार जैविक औषधिको महत्वसमेत बोकेको यो वनस्पति आकर्षक भएकाले नै चर्चित छ । यस क्षेत्रका घरमा केन्जोको तस्वीर फ्रेममा झुन्डिएको देख्न पाइन्छ । होटलमा पनि राखेको देख्न पाइन्छ । यसको व्याख्या पहिलोपल्ट ब्रिटिस बोटानिस्ट सर जोसेफ टाल्टन हुकरले गरेको भेटिन्छ । उहाँले ‘हिमालयन जर्नल्स नोट्स अफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन् । सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका पाइन्छ ।
    “पदमचाललाई मैले पहिलोपल्ट एक माइल टाढाबाट देखेँ । लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो”, उहाँले लेखेका छन् ।
    वनस्पति विभागका अनुसार नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ । वनस्पति विभागका अनुसार पदमचाललाई एक किसिमको जडीबुटी हो । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ । संस्कृतमा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्दछ । नेपालको तीन हजार मिटरदेखि चार हजार मिटरसम्मको हिमाली भेगमा पदमचालका बिरुवा आफैँ उम्रिएका हुन्छन् । व्यावसायिक खेती भने हालसम्म भएको देखिँदैन । स्थानीयले विभिन्न औषधिका रूपमा प्रयोग गर्दै आएका वनस्पति विभागले जनाएको छ । बोटलाई अचारका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
    हिमाली भेगको फिरफिरे, ठिङ्ग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउ, थुम्का, खुला ठाउँ र ढुङ्गाको अन्तरमा हुर्किन्छ । एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने कान्ड कसिएको गठिलो हुने गरेको मिक्वाखोला गाउँपालिका–५ तोक्पोगालाका स्थानीय तेन्जिङ शेर्पाले बताउनुभयो ।
    उहाँका अनुसार बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित बास पनि आउँछ । स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पलाइआएका लामा डाँठ भएका यसका पात ३० सेन्टिमिटर चौडा हुन्छन् । बिरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । यसको फूल साना र राता हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् । यसलाई जडीबटी सङ्कलनकर्ताले  जरा किनेर भारत, चीनलगायतका मुलुकमा निर्यात गर्ने गरेका छन् ।
    खेती कस्तो ठाउँमा उपयुक्त हुन्छ ?  
    कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आर्दश क्षेत्रीका अनुसार पदमचालको औषधीय गुण धेरै हुने भएकाले यो अति महत्त्वपूर्ण बिरुवा हो । व्यावसायिकरूपमा लगाएर आर्थिक लाभ लिन सकिन्छ । बिरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ । बिरुवालाई वसन्त ऋतुमा सार्नुपर्दछ । एक दशमलव पाँच मिटर दूरीमा रहेको खाल्डोमा मलजल गरेपछि मात्र यो बिरुवा सार्ने कार्य हुन्छ । पदमचालका फूल साना र रातो रङको हुन्छ । पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाउने संरक्षण अधिकृत क्षेत्रीले बताउनुभयो ।
    उहाँका अनुसार कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ । त्यस्तै, शरीरमा जलन भए यसको रस जुसका रूपमा पिउँदा शरीरलाई शीतलता प्रदान गर्छ । डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । शरीरको कुनै भाग सुन्निएको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाईको गहुँतसँग मिसाइ लगाउनाले फाइदा गर्दछ । साथै पदमचालको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ ।
    वन विभागले दिएको तथ्याङ्कानुसार नेपालमा हाल वार्षिक चार हजार आठ सय ३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.