मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । लाभको अवसर मिले पनि फाइदाको केही अंश अरूलाई सुम्पनुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समस्याप्रति गम्भीर नहुँदा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।








