• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आराम छोडेर आरनमा रमाउँदै सुशील

  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बलेवा (बाग्लुङ) । जवानी पल्टनमा बित्यो । उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन । निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै-मैलै छन् । हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन् । काठेखोला गाउँपालिका वडा नं ५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिनुभयो सुशील सुनार । पङ्क्तिकारसँग केहीबेर गफिनुभएका उहाँ उमेरले छ दशक नजिक हुनुहुन्छ । केही बेरको संवादमा सुशील पटक–पटक फ्ल्यासब्याकमा पुग्नुभयो र खोतल्नुभयो केही किस्साहरु ।

    अभावले झेलिएको बालापन । अवसरले घेरिएको यौवनसँगै चुनौतीको सामना गर्न तयार बुढ्यौलीको अनुभव उहाँसँग छ । गाउँमा उहाँ एक्ला मेहनती भने हुनुहुन्न । गाउँभरि कालीगढ छन् । धेरैले तामा र फलामका भाँडा बनाउँछन् तर, गाउँकै अरु मेहनती कालीगढभन्दा उहाँ केही विषयले फरक हुनुहुन्छ । सुशील सानै छँदा उहाँका पिता पुर्खाले तामा र फलामका भाँडा बनाउँथे ।

    बालिघरे प्रचलन रहेकै बेला विष्टका घरका भाँडा बनाउने बेला हजुरबुबा र बुबाहरुबाट सुशीलले सीप सिक्नुभयो । पन्ध्र वर्षको उमेरमा सिकेको सीपले जीवन चलाउन त्यो बेला कठिन थियो । साथीसङ्गी र परिस्थितिले उहाँलाई भारतीय सेनामा पुर्‍यायो । सुशील सानै उमेरमा भारतीय सेनामा भर्ती हुनुभयो ।

    २१ वर्ष भारतीय सेनाको जागिरबाट अवकाश हुँदा उहाँ युवा उमेरकै हुनुहुन्थ्यो । सन् २००० मा आरमोर पल्टनमा हवल्दार रहनुभएको सुशील अवकाश भएर घर फर्किनुभयो । एक्काइस वर्ष दुःख गर्दा आर्जेको धन सुशीलले बालबच्चाकै हेरचाह र घर खर्चमा सकियो । “मलाई गर्मी मन पर्दैन, बरु गाउँमै जग्गा जोडेँ बाहिर गइन्”, उहाँले भन्नुभयो, “बरु हथौडाकै साहरा लिउँ भन्ने लागेको थियो, तै पनि एक पटक विदेश जाउँ भनेर घर छोडियो ।” बीचको छ वर्ष बाउबाजेका पाला सिकेको सीप उहाँले काममा लगाउनुभयो । गाउँमै बसेर तामा र फलामका भाँडा बनाउनुभयो । सन् २००६ मा उहाँ मलेसिया लाग्नुभयो । मलेसियाको क्वालालम्पुर सहरमा आठ वर्ष बिताउनुभयो ।

    “मासिक रु ८० हजार कमाउँथे, आठ वर्ष बसेपछि पुग्योजस्तो लागेर घर फर्कें,” सुनारले सुनाउनुभयो, “सेक्युरेटी गार्डको जागिर सजिलै थियो ।” १५ वर्षको उमेरबाट सुरु भएको उहाँको मेहनतको यात्रा देश विदेश घुम्यो । मलेसियाबाट सन् २०१३ मा नफर्किने गरी घर फर्कनुभएका सुनार त्यसयता निरन्तर हथौडाको साथ लिइरहनुभएको छ । बिहानबेलुका घरको काम गर्नुहुन्छ । गोठभरि भैँसी छन् ।

    दिउँसोे गाउँकै सामुदायिक भवन नजिकै रहेको झुपडीमा तामा र फलामसँग कुस्ती खेल्नुहुन्छ । “महिनामा ८०/९० हजार त पेन्सन नै आउँछ, तर छोराहरुको भविष्यका लागि र आफ्नो सिपको सदुपयोगका लागि मेहनत गरिरहेको छु”, सुनार भन्नुहुन्छ, “खान नपुगेर होइन, जीवन क्रियाशील राख्न र व्यवस्थित बनाउनका लागि मेहनत गर्छु ।” अक्सर मानिस पेन्सन पाएपछि सुखको जीवन खोजी गर्छन् । बसेर आराम गर्छन् तर, सुनारलाई सुविधा, आरामको पटक्कै चाहना छैन ।

    “आफूले दुःख पाइयो, छोराहरुले भोग्न नपरोस् भनेर म मेहनत गर्छु”, उहाँले भन्नुभयो, “आरनमा बसेर मेहनत गर्दा मलाई आनन्द लाग्छ ।” तामाका गाग्री, ताउलालगायतका भाँडा बनाउने सीप उहाँसँँग छ । बञ्चरो, कोदाली, हँसियामा धार लगाउन उहाँ सीपालु हुनुहुन्छ । “यहाँ अरुले रु तीन हजार पाँच सय किलोदेखि पाँच हजारसम्म प्रतिकिलो तामा बिक्री गर्छन्, मेरो एउटै रेट छ, तामाका भाँडाको मूल्य प्रतिकिलो रु तीन हजार”, सुशील भन्नुहुन्छ, “भाँडा बनाई नसक्दै घरबाटै बिक्री हुन्छन् ।”

    उहाँले आफूले काम गर्दा गाउँलेले सुविधा पाएको र आफूलाई पनि आर्थिक आम्दानीसहित व्यस्त हुने बहाना मिलेको सुनाउनुभयो । काम निरन्तर गर्न पाउँदाको महिनामा उहाँले रु ७० देखि ८० हजार कमाउनुहुन्छ । “रु ४०÷५० हजार त नचलेको महिना पनि कमाइ हुन्छ”, सुनारले सुनाउनुभयो । बागलुङ बजारमा रु एक हजार चार सय किलोमा पाइने तामालाई भाँडाको आकारमा ढालेपछि रु तीन हजार प्रतिकिलो लिन र दिन कोही पनि नहिच्किचाउने उहाँले बताउनुभयो । सुनारका जेठा छोरा विदेशमा हुनुहुन्छ । माइला छोराको काठमाडौँमा व्यवसाय छ । साइँला छोरा इञ्जिनियरिङ पढ्दैछन् भने कान्छा छोरा डाक्टरी पढ्दै छन् ।

    “छोराहरुको पढाइ खर्च भाँडा बनाएरै पु¥याइरहेको छु, घर खर्च, आफ्नो खर्च पनि गज्जब चल्छ”, सुनार भन्नुहुन्छ, “मेहनत गरेपछि गाउँमै कमाउन सकिन्छ ।” गाउँघरमा सामाजिक काम, मेला पर्व उहाँले छुटाउँदैनन् । गोठमा रहेका तीन भैँसी र दुई पाडापाडीको स्याहारसुसारमा पनि उहाँले जीवनसाथीलाई सघाउनुहुन्छ । सुशील बिहुँका एक कालीगढ मात्रै हुनुहुन्न, परिश्रमिकका उदाहरण हुनुहुन्छ । (रासस)

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.