• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ

  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गर्नुभयो ।

    उहाँले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हालका उपलब्धिलाई राजनीतिक परिर्वतनको क्षेत्रमा सीमित गरियो भने परिर्वतनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन । जनताको जीवनमा राजनीतिक परिर्वतनले परिर्वतन ल्याउन सक्नुपर्दछ ।” राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रुपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उहाँले बताउनुभयो । वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुङ्गोमा पुर्याउन चाहेको श्रेष्ठले बताउनुभयो ।

    “सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने छ, द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने छ, यसपटक हरहालतमा सङ्क्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुङ्गोमा पुर्याउन सरकार लागिपरेको छ”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो । पार्टीले आगामी भदौ १६ देखि सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई गण्डकी प्रदेशमा प्रभावकारी बनाउने गरी लाग्न यस प्रदेशका नेता–कार्यकर्तालाई उहाँले निर्देशनसमेत दिनुभयो । अभियानका क्रममा नयाँ सदस्यता वितरण, सङ्गठन सुदृढीकरण, सङ्गठन पुनःगठन र विस्तारको कामलाई व्यवस्थित गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “जनताको बीचमा जाँदा हरेक जनताको घरमा पुग्नुपर्दछ, हाम्रो पार्टीको समर्थक मात्र होइन, विपक्षीको घरमा पुगेर सरकारले सुशासनका लागि गरेका कामका बारेमा सुझाव लिनुहोला । हामीले गरेको काम जनतालाई बताउनुपर्दछ, सुझाव लिनुपर्दछ र जनताले गाली गरे पनि सहनुपर्दछ ।”

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.