• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण

  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मलेखु (धादिङ) । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन् । जिल्लाको सदरमुकाम धादिङबेँसीको सिरानबजारस्थित मुख्य सडकको आधा भाग झन्डै डेढ मिटर तल भासिएको छ ।

    सडक कुनापट्टि र सडकको तल रहेका करिब तीन दर्जन घर तथा संरचना जोखिममा परेका छन् । सडक भाँसिएर चिराचिरा परेको छ । सिरानबजार क्षेत्रमा आवातजावत गर्नै डरमर्दाे भएको छ । भासिएको ठाउँबाट पानीभित्र पसेर सडकमा परेको चिरा बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् । पैदल हिँड्न र गाडी हिँडाउन पनि निकै जोखिम रहेको स्थानीय स्थानीय देवी थापामगरले बताउनुभयो । हुन त यसअघि सडक मर्मत नभएको होइन ।

    थोेपलखोला किनारबाटै बग्न सुरु गरेको जमिनमा देखावटी मर्मतले बर्सेनि जोखिम बढ्दै गएको हो । भासिन थालेको जमिन नै पत्ता लगाएर मर्मत थाल्नुपर्नेमा माटोले पुरेर तारजाली लगाउने र त्यही माथि कालोपत्र छापिदिने काम भइरहेकाले हरेक वर्ष समस्या दोहोरिएको स्थानीय गणेशकुमार श्रेष्ठको भनाइ छ । “यो बाटो विसं २०७२ मा भूकम्प गएको बेलादेखि भासिन थालेको हो । यसको मर्मतको नाममा दुहुनो गाई पालेजस्तो भएको छ”, श्रेष्ठले भन्नुभयो, “बजेट हाल्ने र सिध्याउने काममात्रै भएको छ यसको दीर्घकालीन मर्मत भएन भने ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने अवस्था छ ।”

    सडक भासिएको क्षेत्रमा पुरूवा माटो भएका कारण जोखिम झनै बढेको पनि स्थानीयले बताएका छन् । माटोसमेत परीक्षण गरेर दीर्घकालीनरूपमै यसको मर्मत गरिदिन स्थानीयले माग गरेका छन् । साँघुरो स्थानलाई डाइभर्सन गरेर फराकिलो सडक बनाइएका कारण धादिङबेँसीको सिरानबजार चौतारोभन्दा माथिको भागमा पटक–पटक सडक चिरा पर्ने समस्या देखिने गरेको छ ।

    मुख्यमन्त्रीद्वारा निरीक्षण भासिएको सडकको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज निरीक्षण गर्नुभएको छ । सिरानबजारमै आयोजित एक कार्यक्रममा सहभागी हुनु आउनुभएका मुख्यमन्त्री जम्कट्टेललाई स्थानीयले सडकमै रोकेर भत्किएको सडकको निरीक्षण गराएका हुन् ।

    निरीक्षणपछि मुख्यमन्त्री जम्कट्टेलले विपद् कोषको बजेटबाट तत्काल मर्मत गरिदिने बताउनुभयो । उहँले सडक भासिएर जोखिमपूर्ण अवस्था बनेकाले यस क्षेत्रमा थप क्षति हुन नदिन तत्काल मर्मतका लागि डिपिआर तयार गरेर पठाउन र काम सुरु गर्न प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलाई निर्देशनसमेत दिनुभयो । सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले दीर्घकालीन मर्मतको डिपिआर तयार गर्ने र प्रदेश सरकारलाई पठाउने बताउनुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.