काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२.७ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १८ हजार ४३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ६१४ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या ९ हजार ८२३ छ । अहिले क्वारेन्टाइनमा ६ हजार ५६५ रहेका छन् । आज ११ हजार ४४९ जनाको पिसिआर परिक्षण गरिएको छ ।








