• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नाग र कमलको फुलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ । नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ ।

    ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताउनुभयो । यही जनविश्वासका कारण यसको महत्व थप बढ्दै गएको बताउँदै नाग र कमलको फुलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइरहेको उहाँले उल्लेख गर्नुभयो । समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बताउँदै यसको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

    उहाँका अनुसार तालको दृश्यावलोनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा, टाढाटाढाबाट आउने चराचुरुङ्ी यहाँका प्रमुख आकर्षण हुन् । झण्डै तीन दशक अघिदेखि यस क्षेत्रका दलित समुदायले पोखरीको संरक्षणका साथै विकास गर्दै आएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय तहले पनि यसको संरक्षण एवं प्रवर्द्धनमा चासो बढाउँदै आएका छन् । कमलपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी विकासमा टेवा पुर्‍याउने उद्देश्यले राज्यस्तरबाट प्राथमिकतामा राखेर संरक्षण एवं विकासका योजना बनाइरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले जानकारी गराउनुभयो ।

    “कमलपोखरीको संरक्षण एवम् पर्यटकीय विकासलाई लक्षित गरी यसको वरिपरी ‘फुटट्र्याक’ निर्माणका लागि वडाको पहलमा महानगरपालिकाबाट रू १८ लाख बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो । कमलपोखरी क्षेत्रमा बर्सेनि डुबान हुँदा यहाँका स्थानीय प्रभावित भएकाले गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत काहुँखोला डुबान क्षेत्रको रोकथामका लागि योजना अघि सारेको वडाध्यक्ष बरालले जानकारी दिनुभयो । उहाँका अनुसार डुबान रोकथामका लागि बहुवर्षीय योजनाअन्तर्गत रू आठ करोड विनियोजन गरिएको छ ।

    विश्व रामसार सूचीमा सूचीकृत रहेकाले पनि पछिल्लो समयमा यसको संरक्षण थप चासोको विषय बनेको छ । धार्मिक पर्यटकीयरुपमा उत्तिकै महत्व राख्ने कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीका दिन विशेष मेला लाग्ने गरेको कमलपोखरी आमा समूहका अध्यक्ष हस्तिमाया विकले जानकारी दिनुभयो । विशेष गरी दलित समूदायले यस क्षेत्रको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आएको बताउँदै उहाँले संरक्षणसँगै यसको महत्वलाई प्रचारप्रसार गर्न भने नसकिएको बताउनुभयो । भगवान् विष्णुको प्रतिकका रूपमा मानिने कमलको फूल फूल्ने भएकाले यसलाई कमलपोखरी नामकरण गरिएको यहाँका स्थानीय बताउँछन् । प्रत्येक वर्षको नागपञ्चमीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

    संरक्षण समितिका अध्यक्ष विश्वकर्माका अनुसार पोखरीको सरसफाइ तथा मर्मतका लागि आवश्यक बजेट नहुँदा तालमा झार झागिँदै गएको छ । मन्दिरको पूजारी पनि दलित समुदायबाटै व्यवस्था गरिएको बताउँदै उहाँले हाल उज्वल विकले नियमित पूजाआजा गर्दै आउनुभएको जानकारी दिनुभयो । अध्यक्ष विश्वकर्माका अनुसार कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनेकाले यसको क्षेत्रफल ३२ रोपनी रहेको जानकारी गराउनुभयो । “पछिल्लो समय अतिक्रमणका कारण करिब छ रोपनी क्षेत्रफल कम देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले ताल वरपर तारबार गरिएको छ ।”

    पोखरा बजारबाट नजिकै रहेकाले पनि यहाँ शनिबार र अन्य सार्वजनिक बिदाका दिन आत्रिक पर्यटकको घुइँचो लाग्ने गरेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । विसं २०४५ देखि नै यहाँका स्थानीयल सङ्गठित भइ तालको संरक्षण गर्दै आएकामा विसं २०५१ देखि ‘कमलपोखरी आमा समूह’दर्तागरी औपचारिकरुपमा ताल संरक्षणका साथै यसको विकासका क्षेत्रमा पहल थालिएको उहाँको भनाइ थियो । विसं २०६४ मा गठित कमलपोखरी संरक्षण समितिको पहलमा तालको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार कमलपोखरी चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । प्राचीनकालमा ताल रहेको क्षेत्रमा पानीसँगै झारले ढाकिएको थियो ।

    “छ दश अघिसम्म पर्याप्त माछा पाइने यस स्थानमा गौँडाको मुखमा बस्ने मति पोडे, उनका छोरा गोथे पोडे र नाति इन्द्र पोडेले यहाँ माछा मार्ने गर्दथे”, अध्यक्ष विश्वकर्माले भन्नुभयो, “तत्कालीन मुखिया भीमप्रसाद आचार्यलले पोडे परिवारलाई वार्षिक रू तीन रुपैयाँ एक महोेर लिएर माछा मार्नका लागि स्वीकृति दिएको आफूले सुनेको हुँ ।” पछिल्लो समय यस स्थानको धार्मिक महत्व रहेको थाहा पाएपछि संरक्षणका लागि स्थानीयले थप पहल अगाडि बढाएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार कमलपोखरीसम्म आउने बाटो नहुँदा स्थानीय कालेजैसी गोतामे, अमिन शेरबहादुर कार्की र धनपति तिमल्सिनाले जग्गा दिएपछि बाटो खोलिएको थियो ।

    बाटो सञ्चालनमा आएसँगै यसस्थलमा नागको मन्दिरलगायतका अन्य भौति पूर्वाधार निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । “नियमित पूजाका लागि रकम अभाव भएपछि रू एक लाख एक हजारको अक्षयकोष स्थापना गरी धूप तथा अक्षता किन्ने व्यवस्था मिलाएका छौँ”, समितिका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “नागपञ्चमीका दिनमा आउने भक्तजनको दान र सहयोगले यसको संरक्षणका लागि केही टेवा पुगेको छ ।” नागपञ्चमीमा यहाँ पूजा गरी कमलको फूलपात घरमा लगेर राखेमा घरपरिवारलाई राम्रो हुने जनविश्वास रहेकाले आजको दिन यहाँ आई कमलको फूल तथा पात घर लैजाने गरेको स्थानीय बताउँछन् । पोखरीका बीचमा नागको मूर्तिसँगै परिसरमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर तथा दुई वटा पाटीले यहाँको सौन्दर्य थप बढाएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.