कावासोती । २८ बिगाहा युवा क्लब, नवलपुरको आयोजनामा यही भदौ १० गतेदेखि प्रथम सेन्ट्रल कलेज कावासोती कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिका वडा नं ३ स्थित शितलचोक खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएको छ ।
इच्छुक क्लबहरुका लागि भदौ ८ गतेसम्म टिमदर्ता खुला गरिएको छ। जिल्ला बाहिरका टिमहरुको हकमा दर्ता शुल्क निःशुल्क रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६ हजार ६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही र३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक दिवान गुरुङले जानकारी दिए । विस्तृत जानकारीका लागि ९८२५४३४४१४, ९८२१५७५२१५ नम्बरहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालि रहेको छ ।
प्रतियोगिताको अफिसियल मिडियामा गण्डकी आज तथा नारायणी अनलाइन रहेको आयोजक क्लबका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । नवलपुर जिल्ला फुटबल संघको समन्वयमा हुन गईरहेको प्रतियोगिताको संरक्षकमा कावासोती नगरपालिका वार्ड नम्बर ३ रहेको छ ।








