• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनु आवाश्यक : मुख्यमन्त्री जम्कट्टेल

  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरीले दिने सेवालाई छिटोछरितो र थप प्रभावकारी बनाउन प्रविधिसँग जोड्नुपर्ने बताउनुभएको हो ।

    “आफू प्रदेशको कानुनमन्त्री हुँदा ४१ प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको थियो”, उहाँले भन्नुभयो, “प्रदेशभित्र जीर्ण अवस्थामा रहेका सबै प्रहरी चौकी निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ ।” प्रदेश सरकारअन्तर्गतका प्रहरी कार्यालयहरुले ‘प्रहरी मेरो साथी’ भन्ने अवधारणा अनुरुप काम गरिरहेका भन्दै मुख्यमन्त्री जम्कट्टेलले व्यवस्थित र सुविधा सम्पन्न भवन भएमा प्रहरीलाई सेवा प्रवाहमा थप सहजता हुने बताउनुभयो ।

    उहाँले अब बन्ने सबै भवन प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै हेटाैँडा–१८ डिपो चौरमा प्रहरी अस्पताल निर्माणका लागि प्रदेश सरकारले रू तीन करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । प्रहरी सेवामा थुप्रै अभाव भए पनि शान्ति सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरी सेवालाई प्रदेशमा समायोजन गरेपछि विद्यमान सबै समस्या समाधान हुने बताउनुभयो । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी सेवालाई प्रदेश मातहतमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजनपश्चात् समस्या समाधान हुने बताउनभयो ।

    उहाँले यस वर्ष प्रहरी भवन निर्माणका लागि बजेट विनियोजन नभए पनि जीर्ण अवस्थामा रहेका चौकी मर्मतका लागि बजेट नरोकिने जानकारी दिनुभयो । ठूलो दमार प्रहरी चौकीमा १८ जना जनशक्ति रहनसक्ने गरी साढे दुई तले कार्यालयसहित ब्यारेक भवन निर्माण गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका क्रममा रू दुई करोड ३५ लाख ८६ हजार खर्च भएको छ ।

    प्रदेशमा पहिलो चरणमा ४६ र दोस्रो चरणमा दुई गरी ४८ प्रहरी इकाइको निर्माण सम्पन्न भई समुद्घाटनसमेत भइसकेको राणाले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतको सहभागिता थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.