• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बागमतीका स्वास्थ्यमन्त्री जोशीद्वारा सय दिनको उपलब्धि सार्वजनिक

  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत जेठ ७ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री जोशीले १०० दिनको अवधिमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री जोशीले १०० दिनको उपलब्धिहरु सार्वजनिक गरेका थिए । निःशुल्क स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेर नागरिकको बीमा गर्ने मन्त्रालयले काम अघि बढाएको उनले बताए । यस क्रममा प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क गरेको मन्त्री जोशीले जानकारी दिए ।

    यस्तो छ मन्त्री जोशीका १०० दिने उपलब्धि

    मन्त्री जोशीले गत भदौ १ देखि मन्त्रालय अन्तर्गतका १३ वटा प्रादेशिक अस्पतालको आइसियु र क्याबिन बाहेकका ८११ शय्या निःशुल्क सेवा उपलब्धतालाई प्रमुख उपलब्धिको रुपमा लिएका छन् । त्यस्तै, प्रदेशका सबै अस्पतालमा विपन्न असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनु, प्रदेशमा सञ्चालित सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सवारी निःशुल्क पार्किङ व्यवस्था, प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट निःशुल्क रिह्याविटेशन र फिजियोथेरापी सेवा उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् ।

    उता, प्रदेशका लोपोन्मुख तथा सीमान्तकृत जाति तथा आश्रममा आश्रित असहाय ६३७ परिवारको २५ लाख ८६ हजार रुपैयाँ लागतमा निःशुल्क स्वास्थ्य बीमा गर्नुलाई पनि उपलब्धि भनिएको छ । मन्त्रालय तथा सरोकारवाला निकायहरुको सहभागितामा ‘सबै नीतिमा स्वास्थ्य निर्देशिका’ को मस्यौदा तयार, गत भदौ ५ गते ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि, २०८०’ मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएको उनले आफ्नो १०० दिनको उपलब्धिका रुपमा लिएका छन् ।

    मन्त्री जोशीको थप कार्य योजना

    मन्त्री जोशीले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी थप कार्य योजना तयार गरेका छन् । चालु आर्थिक वर्षमा एक प्रदेश निर्वाचन क्षेत्र, एक अस्पताल सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि ११ करोड ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, स्थानीय तहका स्वास्थ्य संस्था सबलीकरण कार्यक्रमका लागि १० करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा सहज स्वास्थ्य सेवा प्रदान गर्न हब तथा स्याटेलाइट अस्पतालहरुको सञ्जाल निर्माण गर्ने, प्रदेशमा आवश्यक आयुर्वेद औषधीमा आत्मनिर्भर हुनको लागि आयुर्वेद औषधी उत्पादन केन्द्रको क्षमता अभिवृद्धि गरी मापदण्ड अनुसारको औषधी उत्पादन गर्ने योजना छ ।

    त्यस्तै, मानव अंग प्रत्यारोपण केन्द्रसँगको समन्वयमा मिर्गौला प्रत्यारोपण सेवा हेटौडा अस्पतालमा सुरुवात गर्ने, सीमान्तकृत एवं लोपोन्मुख जाति मातृ तथा बाल स्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई ५ हजार उत्प्रेरणा खर्च प्रदान गर्ने, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण अभियान सञ्चालन गर्ने योजना रहेको छ ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत प्रदेश स्तरमा स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनको लागि विभिन्न शैक्षिक कार्यक्रम अनुसन्धान प्रोत्साहन कार्यक्रम, एक वर्षे एनएस थेसिया टेक्निसियन कार्यक्रम सञ्चालन, प्रादेशिक अस्पतालको उपचार व्यवस्थापन निर्देशिका कार्यान्वयनमा ल्याउने, प्रदेश जनसंख्या नीति तर्जुमा गर्ने, अस्पतालमा मिर्गौला डायलसिस सेवा स्थापना तथा सञ्चालन गर्ने लगायतका योजना कार्यान्वयन गर्ने योजना छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.