• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

  •   शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ । आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो । अनेरास्ववियुले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

    महिना दिनसम्म परीक्षा नियन्त्रक कार्यालयमा तालाबन्दी हुँदा नतिजा प्रकाशन र परीक्षासम्बन्धी सबै काम ठप्प भएपछि स्वतन्त्र विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीले आफूहरूको भविष्यमाथि नै खेलबाड गरेको भन्दै परीक्षा नियन्त्रकको कार्यालयमा ताला तोडेका थिए । अनेरास्ववियुले लगाएको ताला विद्यार्थीले तोडेपछि आफ्नोको सहमतिबिनै ताला तोडेको भन्दै समाजवादी निकट विद्यार्थी सङ्गठनले परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड गरेको हो ।

    परीक्षा नियन्त्रक देवसिंह नाथ र सहपरीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा रहेका रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको परीक्षा नियन्त्रक नाथले जानकारी दिनुभयो । “समाजवादीका १२÷१५ जनाको समूहले एक्कासि कार्यकक्षमै आएर विद्यार्थीको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति गरेको छ”, परीक्षा नियन्त्रक नाथले भन्नुभयो, “विद्यार्थीको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्त्वपूर्ण कागजातमा नोक्सानी पुगेको छ ।”

    उहाँले विद्यार्थी सङ्गठनले फोनमा भौतिकरूपमा कारबाही गर्ने धम्की दिएको बताउनुभयो । “उहाँहरूले राखेका माग हामीले पूरा गरे पनि क्याम्पस प्रमुख र विभागीय प्रमुखमा भाग मागेकाले सहमति हुन नसकेको हो”, नाथले भन्नुभयो, “अहिलेकै अवस्थामा हामी परीक्षासम्बन्धी कुनै पनि काम गर्न नसक्ने अवस्थामा छौँ ।” परीक्षा नियन्त्रक कार्यालयमै तोडफोड भएपछि विश्वविद्यालयका परीक्षा र नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण कार्य प्रभावित भएको उहाँको भनाइ छ । अनेरास्ववियु कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा स्वयं परीक्षा नियन्त्रक देवसिंह नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ ।

    अनेरास्ववियु कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको सङ्गठनले तोडफोड नगरेको दाबी गर्नुभयो । “हामी भागबन्डा अन्त्य हुनुपर्छ भन्ने पक्षमा हौँ हामीले कतै तोडफोड गरेका छैनाँै”, उहाँले भन्नुभयो, “हाम्रा जायज माग राखेर हामीले परीक्षा नियन्त्रक र केन्द्रीय कार्यालयमा ताला लगाएका छौँ ।” उता विश्वविद्यालयको केन्दीय कार्यालय डेढ महिनादेखि बन्द छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले लगाएको ताला ४५ दिनपछि खुले पनि समाजवादी निकट विद्यार्थी सङ्गठनको ताला अझै खुलेको छैन ।

    विश्वविद्यालयको केन्द्रीय कार्यालय साउन १ गतेदेखि बन्द छ । विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।  रासस 

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.