• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोदोबालीमा खुम्रे कीराको समस्या

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । कोदोको जरामा खुम्रे कीरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ ।

    बागलुङ नगरपालिका–८ सिगाना, वडा नं ५ मालिका, वडा नं ६ सिमलगायतका स्थानमा खुम्रे कीराको समस्या अत्यधिकरूपमा पाइएको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । सङ्क्रमण फैलिएकाले नियन्त्रणका लागि नगरपालिकाले विषादी छर्नका लागि किसानलाई विषदी प्रदान गरिरहेको छ । बागलुङ नगरपालिकाको एक दर्जन गाउँमा लगाइएको कोदो खेतीमा खुम्रे कीराको समस्या देखिएको उहाँको भनाइ छ ।

    “अहिले समस्या भएका किसानको बारीमै पुग्ने, रोग पत्ता लगाउने र विषादी वितरण गर्ने काम भइरहेको छ, खुम्रे कीराको समस्या देखिएको स्थानमा ५० प्रतिशत कोदोको उत्पादन घट्ने देखिएको छ”, शाखा प्रमुख सापकोटाले भन्नुभयो, “अहिले बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनबाट रु ८० हजार बजेट विनियोजन गरेर समस्याग्रस्त क्षेत्रमा विषादी वितरण गर्ने कार्य गरिरहेको छ ।” हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको बागलुङ –८ सिगानाका किसान चित्रबहादुर कार्कीले बताउनुभयो ।

    उहाँले कोदोमा डढेलो लागेजस्तै भएर मरेपछि वडा कार्यालय र नगरपालिकाको कृषि प्राविधिक आएर अनुगमन गरेको जानकारी दिनुभयो । बागलुङ –७ र वडा नं ११ बाट समेत खुम्रे कीराको समस्या भएको भन्दै अनुगमनका लागि कृषि शाखामा खबर आएको कृषि शाखा प्रमुख सापकोटाले बताउनुभयो । नगरपालिकाले सूचना प्रकाशन गरी खुम्रे कीराको प्रकोपको समस्या आएमा र आवश्यक रोगथामका लागि विषादी लैजानका लागि कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    बागलुङ –८ सिगानामा मात्रै ६० रोपनी जग्गामा लगाइएको कोदोमा खुम्रे कीरा र गबारोको समस्या र ३० रोपनी जग्गामा लगाइएको धानखेतीमा ढुसी लागेर जरा कुहिने समस्या देखिएको वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै वडा नं ६ को सिम, भान्सा, लङ्गाउँमा लगाएको कोदोमा खुम्रे कीरा, धानको गुबो मर्ने र सुन्तलामा सेतो ढुसीले पात नष्ट भएर किसान समस्यामा परेको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । क्षतिको विवरण वडाले सङ्कलन गरिरहेको र विषादी वितरण गर्न थालिएको केसीको भनाइ छ । लगातारको वर्षाका कारण खुम्रे कीराको समस्या बढी फैलन पाएको कृषि प्राविधिकको भनाइ छ ।

    विषादी छर्कँदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्नेछ । हालसम्म तीन सय रोपनी जग्गामा लगाइएको कोदोबाली खुम्रे कीराको समस्याले सखाप भइरहेको छ । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको प्राविधिकको भनाइ छ । आगमी दिनमा मकै लगाउने सिजनमा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइने कृषि शााले जनाएको छ । बागलुङ नगरपालिकाका १४ वटै वडामा खुम्रे कीराको समस्याका कारण कोदोमा समस्या देखिन थालेकाले यसको उत्पादनमा गिरावट आउने देखिन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.