• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

हतुवागढीद्वारा ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भोजपुर । शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो । पाश्र्वचित्रमा उल्लेख भएका विषयवस्तुले समग्र गाउँपालिकाको शिक्षा सुधारमा सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । विज्ञहरूको समूहले निर्माण गरेको पाश्र्वचित्रमा यहाँको शिक्षाको अवस्थासँगै भावी दिनमा शैक्षिक सुधारको क्षेत्रमा गुर्नपर्ने कामलाई बृहत्रूपमा समेटिएको उहाँको भनाइ छ ।

    “पछिल्लो समयमा देशको शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा छ”, उहाँले भन्नुभयो, “धेरै शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई छ । यहाँको शिक्षाको सुधार गर्ने उद्देश्यले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र–२०७९ निर्माण गरेर काम अघि बढाएका छौँ ।” पाश्र्वचित्रमा गाउँपालिका, शिक्षक, अभिभावक तथा विद्यार्थीले बहन गर्नुपर्ने दायित्व तथा कर्तव्यलाई समेट्दै भावी दिनमा गर्नुपर्ने कामका योजनालाई समेटिएको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो ।

    “पाश्र्वचित्र निर्माणले शैक्षिक योजनालाई प्रभावकारीरूपमा सञ्चालन गर्न सहज भएको छ”, उहाँले भन्नुभयो, “यसले गाउँपालिकाको शैक्षिक सुधारमा सहजता थपिएको अवस्था छ । यहाँ समेटिएका उद्देश्य प्राप्तिका लागि गाउँपालिकाले आवश्यक काम गर्दै आएको अवस्था छ ।” गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरूपमा कामको थालनी गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पाश्र्वचित्रले मार्गनिर्देश गरेअनुसार शिक्षाको सुधारको लागि बजेट विनियोजन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    गाउँपालिकाको शैक्षिक सुधारका लागि भौतिक संरचनाको विकाससँगै सबै विद्यालयमा पुस्तकालयको विकास गर्दै प्रविधिमूलक शिक्षणमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । विद्यालयमा स्थापना गरिने पुस्तकालयमा पाठ्यपुस्तकसँगै ज्ञानबर्द्धक अन्य पुस्तक सङ्ग्रह गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । सगरमाथा माध्यमिक विद्यालयमा २०४१ साल जेठ २८ मा ‘सगरमाथा मावि पुस्तकालय’ स्थापना गरेर सञ्चालनमा रहेको छ । सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकारले पाएको अधिकारअनुसार गाउँपालिकाले जिल्लामा पहिलोपटक २०७८ वैशाख १ मा ‘हतुवागढी सार्वजनिक पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठान’को स्थापना गरेर सञ्चालनमा ल्याएको अध्यक्ष राईको भनाइ छ ।

    विद्यालयमा अध्ययन गराउने महिला शिक्षिकालाई शिक्षा नियमावलीमा सुत्केरी बिदा ९८ दिन हुने व्यवस्था रहेकाले उनीहरू सो बिदामा गएको अवस्थामा पठनपठनमा असर नपुगोस् भन्नका लागि गाउँपालिकाले स्वयंसेवक तथा सट्टा शिक्षकको व्यवस्था गर्ने नीति अघि सारेको अध्यक्ष राईले जानकारी दिनुभयो । गाउँपालिकाले थालेको यो कार्यले विद्यालयको कक्षालाई निरन्तर अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ । “शिक्षिकाहरू सुत्केरी बिदा बसेको अवस्थामा गाउँपालिकाले सो विद्यालयमा स्वयंसेवक तथा सट्टा शिक्षकको व्यवस्था गर्ने योजना लिएका छौँ”, उहाँले भन्नुभयो, “यसरी सट्टा शिक्षकले अध्ययन गराएवापतको रकम गाउँपालिकाले कार्यविधि तयार गरेर दिने हाम्रो लक्ष्य छ ।

    शिक्षक बिदामा बस्दा पनि पठनपाठन प्रभावित नहोस् भन्नाका लागि यो व्यवस्था गरेका हौँ ।” त्यस्तै गाउँपालिकाले एक विद्यालय एक अक्षय कोष स्थापना गर्ने कार्यक्रम सञ्चालनको तयारी थालेको छ । गाउँपालिकाभरिका उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई छनोट गरेर पुरस्कृतसँगै आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । शिक्षा नियमावलीअनुसार विद्यालयका प्रधानाध्यपकलाई थप जिम्मेवारी र कर्तव्यबोधसहित शैक्षिक सुधारमा लाग्न प्रोत्साहन गर्न प्रअ भत्तामा थप व्यवस्था गर्न लागेको गाउँपालिकाको भनाइ छ ।

    विगतका वर्षबाट सबै विद्यालयमा एक–एक थान प्रिन्टर र ल्यापटप वितरणको कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । प्रविधिमैत्री शिक्षामा जोड दिन यहाँका दुईवटाबाहेक ३५ वटा विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको भनाइ छ । छुटेका दुई विद्यालयमा पनि चाँडै इन्टरनेट विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।

    पठनपाठनमा सुधार गर्न शिक्षकलाई आवश्यक तालिमको व्यवस्था गर्दै आएको जनाइएको छ । हतुवागढी गाउँपालिकामा ३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । यहाँ चारवटा माध्यमिक विद्यालय, नौ वटा कक्षा १–८ र बाँकी २४ वटा विद्यालयमा १–५ र कक्षा १–३ पढाइ हुँदैआएका छन् ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.