• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    आइतबार गरिएको अनुगमनका क्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो । गैँडाकोट नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा दुई औषधि पसल दर्ता नै नगरी सञ्चालन भएको पाइएको जानकारी दिनुभयो ।

    गैँडाकोट–११ भेडाबारीमा सुनील मेडिकल हल र गैँडाकोट–१३ बेल्डिहामा सञ्चालित जेनिशा फार्मेसी एवं मेडिकललाई एक साताभित्र दर्ता भएर सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराइएको उहाँले बताउनुभयो ।

    अनुगमनका क्रममा गैँडाकोट–११ भेडाबारीमा सञ्चालनमा आएको सुनील मेडिकल हल दर्ताबिनै सञ्चालन गरेको भेटिएको कोइरालाले बताउनुभयो । दर्ता नगरी सञ्चालन गरिएको सो मेडिकल हललाई सात दिनभित्र दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । दर्ता नगरी सञ्चालित सुनील मेडिकल हलमा म्याद सकिएका औषधि अत्यधिक भेटिएको भन्दै उहाँले औषधि राख्ने ठाउँमा फिनेल तथा हारपिक पनि सँगै राखेको पाइएको बताउनुभयो ।

    अनुगमन समितिले सो मेडिकल हललाई मूल्यसूची राख्न एवं मापदण्ड पूरा गरी सञ्चालन गर्न सचेत गराएको हो । गैँडाकोट–१३ बेल्डिहाको जेनिशा फार्मेसी एवं मेडिकललाई म्याद नाघेका औषधि तुरुन्त हटाउन, फार्मेसी दर्ता गरेर थप काम गर्दै आएको मेडिकललाई इन्जेक्सन र ड्रेसिङ सेवा सात दिनभित्र दर्ता गरेर मात्र सञ्चालन गर्न, मूल्यसूची राख्न, ड्रेसिङ सेवाबापतको बिल काट्न निर्देशन दिइएको कोइरालाले बताउनुभयो । गैँडाकोट–११ को कमल स्वास्थ्य क्लिनिकलाई क्लिनिकको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

    त्यस्तै गैँडाकोट–१४ मा रहेको अमरापुरी स्वास्थ्य क्लिनिक एवं निश्चल फार्मेसीको औषधि राख्ने स्थानमा हरपिक तथा फिनेल सँगसँगै राखिएको तथा म्याद सकिएका औषधि भेटिएको अनुगमन समितिका सदस्य एवं नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

    उक्त क्लिनिकमा बिरामी परीक्षण कक्ष व्यवस्थित नभएको, ल्याबको मापदण्ड पूरा नगरी सञ्चालन गरिएको पाइएपछि एक हप्ताभित्र सुधारका लागि निर्देशन दिइएको उहाँको भनाइ छ । गैँडाकोट–११ भेडाबारीको कमल स्वास्थ्य क्लिनिकलाई बहिरङ्ग सेवा ९ओपिडी० जाँच स्थानको उचित व्यवस्थापन गर्न, ल्याबको मापदण्ड पूरा गर्न सचेत गराइएको पौडेलले बताउनुभयो ।

    त्यस्तै गैँडाकोट–१५ अमरापुरीको केशव औषधि पसल एवं हाम्रो अमरापुरी हेल्थ क्लिनिकलाई आकस्मिक कक्षको सरसफाइमा ध्यान दिन एवं सेवाको मूल्यसूची राख्न निर्देशन दिइएको पौडेलको भनाइ छ । अमरापुरीकै सीता हेल्थ केयर सेन्टर प्रालिद्वारा सञ्चालित सीता मेडिकल हलमा ल्याबको मापदण्ड पूरा नभएको, लेभल ९औषधिको मूल्य, उत्पादन मिति र व्याच नम्बर० नभएका एवं म्याद सकिएका औषधि भेटिएपछि तीन सामान जफत गर्दै ल्याबको मापदण्ड पूरा गर्न निर्देशन दिइएको पौडेलले बताउनुभयो ।

    म्याद सकिएको औषधि अत्यधिक पाइएको गैँडाकोट–१६ को अमरापुरीमा रहेको पौडेल मेडिकल एण्ड हेल्थ क्लिनिकलाई म्याद सकिएका औषधिको तुरुन्त व्यवस्थापन र ल्याब व्यवस्थापन गर्न निर्देशन दिएको छ । मुकुन्दसेन डेन्टल केयर प्रालिलाई नगरपालिकामा समेत दर्ता गरी सञ्चालन गर्न र आवश्यक कागजातसहित छलफलका लागि बोलाइएको पौडेलले जानकारी दिनुभयो ।

    लाङ्घाली मेडिकल हल एवं फार्मेसीलाई ल्याब सेवा मापदण्ड पूरा गरी व्यवस्थित गर्न सचेत गराइएको छ । मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थाहरुलाई बन्द गर्ने क्षेत्राधिकार प्रदेशको अनुगमन टोलीलाई मात्रै भएकाले एक हप्ताभित्र दर्ता गर्दै मापदण्ड पूरा गर्न निर्देशन दिएर छोडिएको पौडेलले बताउनुभयो ।

    नगरका बाँकी स्थानमा सञ्चालनमा आएका औषधि पसल तथा स्वास्थ्य संस्थाको समेत क्रमशः अनुगमन गर्दै जाने उल्लेख गर्दै पौडेलले नगरको अनुगमन टोलीको निर्देशन नमानेको खण्डमा अनुगमन र कारबाहीका लागि प्रदेशलाई गुहार्ने बताउनुभयो । नगरपालिकाभित्र हाल निजी क्षेत्रबाट सञ्चालित चार दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.