जब मेरी आमाको कोखमा म हुर्कदै थिए
सबैको मनमा प्रश्नचिन्ह उठेको थियो रे!
नाती हुन्छ वा नातिनी, छोरा कि छोरी?
अनुमान त पक्कै लगाउनुभएको थियो होला सबै जनाले
बुढेसकालको साहारा अनि घरको जिम्मेवारी धान्ने
छोराले नै जन्म लिन्छ र यो घरको ईज्जत बढाउॅछ।
तर अवसोच,
पुसको कठ्याङ्ग्रीदो जाडो र त्यो अॅध्यारो रात अनि मेरी आमाको काख
मैले नै जन्म लिन पुगेछु
छोरीको रूप धारण गरेर।
थाहा थिएन भित्रि भावना कस्तो थियो
तर
बाहिरी संसारमा मेरो जन्मोत्सव मनाइदै थियो रे!
जन्मिदै टिकाटिप्पणी सुरू हुन थालेछ,
यो त ठ्याक्कै बाबुको अनुहार, भाग्यमानि हुन्छे।
यस्तै अनेकौॅ अनेक….
समय बित्दै जाॅदा र गरिबिले उकाली चढ्दै गर्दा
म त परिवारको रहर होइन, बाध्यता बनेछु।
उमेरमा खासै अन्तर नभए पनि
मेरा दाजु र म मा भेदभाव सुरू रे!
ठूलै भएपनि, म भन्दा मेरा दाजू प्यारो भए रे!
मेरी आमा काममा गएको बेला,भोक लागेर कोक्रोमै रूॅदा
कत्ति रून्छे यो अलक्ष्छिना भन्थे रे!
अनि यस्तै यस्तै अनेकौॅ अनेक…..
तर परिस्थिति जस्तोसुकै भएपनि, लालनपालन त गरेकै हुन्
र त आज यहाॅसम्म आएकि छु।
समयले फन्को मार्दै जाॅदा,म पनि बुझ्ने हुन थालेॅ
अनि
समाजको अवश्था, भेदभाव, कुरिति,मायाममता जस्ता
संवेदनशिल कुराहरूको महसुस गर्ने भएॅ।
आफन्त र पराइमा फरक छुट्याउन थालेॅ
मायामा नापतौल गर्न थालेॅ र सोहिअनुरूप व्यवहार पनि….
आखिर सबै
परिवर्तनशिल समय कै खेल त रहेछ नि!
हिजोसम्म मलाई घृणा गर्नेहरू आज
मायाको आभास देखाउने भएका छन्।
बालपनमै मेरो बौधिक क्षमतामाथि प्रश्न उठाउनेहरू पनि
आज मेरो प्रगति देखेर तारिफ गर्ने भएका छन्।
हिजो सम्म म छोरी भएकोमा मन दुखाउने मेरो समाज
आज छोरी होस् त उ जस्तो भन्दै उदाहरण दिने भएका छन्।
रिस उठ्दा सधैॅ सधैॅ कु-व्यवहार गर्ने मेरा आफन्त
आज म हुनुमा गर्भ गर्ने भएका छन्।
मेरो जन्ममा सबैभन्दा खुसी हुनुभएको मेरा बा-आमा
मेरो उज्वल भविश्यको सपना देख्दै हुनुहुन्छ
र
म तिनै सपना साकार पार्ने लक्ष्य बोकेर
यहि परिवर्तनशिल समाजमा हराउॅदै छु।।
कविता








