• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अतिक्रमित संरचना हटाइयो

  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो । बेनी नगरप्रमुख सुुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुुई पसलको संरचना सोमबार भत्काइएको जानकारी दिनुुभयो । “व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुुई पसलको संरचना हटाएको छ”, उहाँले भन्नुुभयो, “अतिक्रमण हटाएको ठाउँमा सवारीसाधन पार्किङस्थल बनाउँछौँ ।”

    सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुख केसीले बताउनुुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा, सटर, ट्याङ्की र ठेला हटाइएको थियो । कालीपुलको अतिक्रमण हटाइएको ठाउँमा बसपार्क बनाइएको छ ।

    जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिको सार्वजनिक जग्गामा सघन सहरी तथा भवन डिभिजन कार्यालयमार्फत सडक ढलान र नाली निर्माण गरिएको छ । सो ठाउँबाट १५ वटा सटर र ट्याङ्की हटाइएको थियो । ठेलामा फलफूल व्यवसाय गर्नेलाई अन्यत्र स्थानान्तरण गरिएको थियो । नाली र ढलान भएपछि सो क्षेत्रमा धुुलो र हिलोको समस्या हटेको वीरेन्द्रचोक टोल सुधार समितिका पूर्वअध्यक्ष दलप्रसाद श्रेष्ठले बताउनुुभयो । सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन । उनीहरूलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ ।

    अन्यत्रको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सराहनीय काम गरे पनि नगरपालिका कार्यालय अगाडिको मोटरेबल पुल अतिक्रमण गरेर बनाइएको संरचना हटाउन बेवास्ता गरेको बजारवासीले नगरपालिकासँग गुुनासो गरेका छन् । नगरप्रमुख केसीले मोटरेबल पुल असापासको सार्वजनिक जग्गा अतिक्रमण हटाएर बाग्लुुङ, भकिम्ली र बरंजा छुट्ने सवारीसाधनको पार्किङस्थल बनाउने योजना रहेको बताउनुभयो ।

    दरवाङमा आधारभूत अस्पताल सञ्चालन

    म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गत असारको गाउँसभा र साउन १० गतेको कार्यपालिकाको बैठकको निर्णयानुसार आधारभूत अस्पतालको सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । “प्राथमिक स्वास्थ्य केन्द्रमा पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर पाँच शय्याको अस्पताल सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।”

    अस्पतालको सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुुनले उद्घाटन गर्नुुभयो । आधारभूत अस्पताल सञ्चालन गर्न निक साइमन इन्स्टिच्युटले एक चिकित्सक, एक रेडियोग्राफर र एक जना स्टाफ नर्सको जनशक्ति सहयोग गरेको छ । एक चिकित्सकको दरबन्दी रहेको अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका थप एक चिकित्सक आउनुुभएको छ । यसअघि एक जना चिकित्सकसहित १६ स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी थियो ।

    आधारभूत अस्पतालका लागि गाउँपालिकाले थप रु ३२ लाख अनुदान दिएको अध्यक्ष गर्बुजाले बताउनुुभयो । निक साइमन इन्स्टिच्युटले रु १० लाख मूल्य बराबरको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाले रु पाँच लाख मूल्य बराबरको औषधि व्यवस्थापन गरेको छ । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको गुुणस्तर सुुधार गरी अस्पताल बनाउन विसं २०७८ देखि नै प्रक्रिया सुुरु भएको थियो । सुरुमा कोरोना अस्पताल र त्यसैलाई विस्तार गरी आधारभूूत अस्पताल बनाइएको हो ।

    प्राथमिक स्वास्थ्य केन्द्रबाट यसअघि आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएको थियो । अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ । अस्पताल सञ्चालनपछि उपचार गर्न बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हट्ने मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुुर रोकाले बताउनुुभयो । सदरमुकाम बेनीबाट २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्र २०७३ सम्म हेल्थ असिस्टेन्ट, अहेब, अनमी र नर्सको भरमा सञ्चालन हुँदै आएको थियो ।

    हाल प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै औषधि पसल सञ्चालन गरेको छ । भवन बनाइएकाले शव परीक्षणको काम पनि दरवाङमै गर्ने तयारी भएको छ । दरवाङमा शवगृह नहुँदा दुर्घटना र आत्महत्या गरेर ज्यान गुमाएकाको शव परीक्षण गर्न बेनी ल्याउनुपर्ने समस्या छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.