• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनकपुरमा व्यापारः सयभन्दा बढी पसल बन्द, लिलाम सकार्नेहरु पनि भेटिँदैनन्

  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०÷१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो । अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरले बताउनुभयो । रु डेढ दुई लाखको व्यापार गर्न पनि ‘विशेष समय कहिले आउला’ भनेर पर्खिनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आउनुभएका रामबाबु गुप्ताले पहिले पाँच–सात जनालाई रोजगारी दिनुभएको थियो ।

    केही वर्षयता व्यापार खस्किँदो अवस्थामा रहेकाले आधा कर्मचारी कटौती गरेर व्यापार चलिरहेको गुप्ताले बताउनुभयो । पहिलेको जस्तो व्यापार नहुने, सजिलै ऋण नपाइनेलगायत कारणले व्यापारीहरु मर्कामा परेको उहाँले बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामपरी स्टोरका सञ्चालक शेखर साहको पनि यस्तै गुनासो छ । विगत १८ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आउनुभएका उहाँले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोच्नुभएको थिएन । अहिले व्यापारमा ७५ प्रतिशतले कमि आएको साहको भनाइ थियो ।

    “पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो तर अहिले ग्राहक नै आउँदैनन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ । खै केको मन्दी भएर हो वा अरूको व्यापार बढेर हो ? बुझ्नै सकिरहेको छैन ।” “ठाकुर, गुप्ता र साहको मात्रै होइन जनकपुरका अधिकांश व्यवसायीको समस्या यस्तै छ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले भन्नुभयो । विलासिताका वस्तुको व्यापार गर्नेहरु मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

    महासेठका अनुसार जनकपुर बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन् भने यो सङ्ख्या निरन्तर बढ्दो क्रममा छ । आधा दर्जनभन्दा बढी ठूला व्यापारी बैंक तथा साहुको ब्याज तिर्न नसकेर जायजेथा छाडेर भागिसकेका उहाँले जानकारी दिनुभयो ।

    “जनकपुरधाममा कुनै बेला व्यापार गर्नका लागि सटर नै पाउँदैनथे । अहिले मुख्य बजारमै एक सयभन्दा बढी सटर बन्द अवस्थामा छन् । सटर खोल्नेहरुको व्यापार पनि निराशाजनक छ”, महासेठले भन्नुभयो, “यसको कारण र परिणामका विषयमा न राज्यका निकाय न त राजनीतिक नेतृत्व गम्भीर छन् । अर्थतन्त्र झन्झन् जटिल अवस्थातर्फ धकेलिँदैछ ।”

    ‘लिलाम गर्दा पनि सकार्ने भेटिँदैनन्’

    व्यापारमा सुधार नहुँदा पसलहरु बन्द हुने मात्रै होइन यहाँ बैंकको ऋण तिर्न नसक्दा असुल उपरका लागि बैंकले लिलामको सूचना गर्दा लिलाम सकार्ने (बोलकबोल गर्ने) मान्छेसमेत भेटिँदैनन् । आफ्नो पसल अगाडि वर्षौंदेखि फार्मेसी सञ्चालन गर्दै आएका व्यापारीको घर लिलाम हुने अवस्था आएपछि वाणिज्य सङ्घको नेतृत्वमा रहेका पदाधिकारीले सस्तो मूल्यमा घर खरिद गरिदिएको चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्षसमेत रहेका सुनचाँदी व्यवसायी ठाकुरले जानकारी दिनुभयो ।

    “वर्षौंदेखि फार्मेसी पसल सञ्चालन गर्दै आएका व्यवसायी रातारात पलायन भएका छन् । बैंकको ब्याज तथा अन्य साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि उहाँ तनावमा हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सङ्घका एक पदाधिकारीले आफूलाई तिनुपर्ने ऋण कटाएर बाँकी केही रकम थपेर घर लिएको सुन्नमा आयो । त्यसैगरी अरू धेरै व्यापारी पलायन हुँदैछन् ।”

    विगत केही महिनामा १०÷१२ लिलामी सूचना प्रकाशित भएको भन्दै लिलाम सकार्ने मान्छे नभेट्दा सङ्घको रोहवरमा समस्या समाधान गरिएको उद्योग वाणिज्य सङघका अध्यक्ष महासेठले जानकारी दिनुभयो । “व्यापारीले ऋण तिर्न नसक्ने र लिलाम गर्दा किन्ने मान्छे नभेटिने अवस्थाले यहाँको विकराल अवस्थालाई प्रष्ट्याउँछ”, उहाँले भन्नुभयो, “अब व्यापार÷व्यवसाय सुरु गर्नुभन्दा पहिला सबैले सोच्ने बेला आएको छ ।”

    सङ्घका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले यहाँको अर्थतन्त्र र व्यापार व्यवसाय ‘स्लिपिङ मोड’ मा रहेको धारणा राख्नुभयो । तत्काल समाधानको उचित उपाय ननिस्किए समस्या झन् भयावह हुँदै जाने उहाँको भनाइ थियो ।

    यसरी निम्तियो सङ्कट

    कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सिङ्गो देशले समस्या भोगिरहेको छ । मधेस प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ । मधेस जनविद्रोह, भूकम्प, स्थानीय सरकार आएपछि बाटो विस्तारका क्रममा भएका अवरोध, कोरोना महामारीपछिको लकडाउनले पारेको नकारात्मक प्रभावलगायत कारणले यहाँको व्यवसाय थिलथिलो भएको व्यवसायी जीवनाथ चौधरीले बताउनुभयो ।

    एकपछि अर्को समस्या थपिएपछि व्यवसायीले टाउको उठाउनै नसक्ने गरी समस्यामा परेका उहाँले गुनासो गर्नुभयो । “यहाँको मुख्य आधार भनेको धार्मिक पर्यटन हो । केही वर्षसम्म पर्यटकीय गतिविधि भएका छैनन्”, चौधरीले भन्नुभयो, “आन्दोलन, हडताल, बन्दाबन्दीले लामो समयसम्म सटर बन्द गर्नुप¥यो । खर्च गर्न सक्नेहरु यहाँबाट पलायनको अवस्थामा पुगे । आम्दानी नै नभएपछि खर्च कसरी हुन्छ ? सोही कारणले यहाँ व्यापारले गति लिन सकेन् ।” सङ्घका अध्यक्ष महासेठले पछिल्लो आठ÷दश वर्षको अवधिमा दुई÷तीन वर्ष व्यापार बन्द गर्नुपरेकाले समस्या झन् बढेको बताउनुभयो । “मधेस आन्दोलन, भूकम्पको प्रभाव त छँदैथियो ।

    विसं २०७४÷७५ मा जनकपुरमा सडक विस्तारका साथै ढल निर्माणका बेला करिब छ÷सात महिना व्यापार ठप्प भयो”, उहाँले भन्नुभयो, “लगत्तै कोरोना महामारीका समयमा भएको बन्दाबन्दीले व्यवसायलाई थप सङ्कटग्रस्त बनायो ।” पटकपटक व्यापार बन्द हुने, घरभाडा र बैंकको ब्याज निरन्तर बढ्ने भएकाले यस्तो अवस्था आएको उहाँको भनाइ थियो । समस्याबाटै सुधारको सुरुआत हुने हुँदा भएकाले राज्यले औद्योगिक क्रान्तिको जग बसाल्ने, आन्तरिक उत्पादन र उपभोक्ताको आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्नेमा व्यापारीले जोड दिएका छन् ।

    “उत्पादनमूलक उद्योग छैनन् । घरजग्गामा लगानी गर्ने परिपाटी निरन्तर बढ्दो छ । यसले दीर्घकालमा अर्थतन्त्र धराशयी हुने देखिन्छ”, सङ्घका उपाध्यक्ष साहले भन्नुभयो, “राज्यले अनुत्पादक क्षेत्रमा लगानी गर्ने कर्र्जा नीतिलाई निरुत्साहित गर्दै उत्पादनमूलक उद्योगमा सहुलियतमा कर्जाको व्यवस्था गर्नुपर्छ ।”

    यहाँका व्यापारीको मनोबल उचो बनाउन र तत्काल समस्या समाधानका लागि रणनीतिक पहलकदमी लिनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेकै अवस्थामा यहाँका व्यापारी व्यापार÷व्यवसाय छोडेर पलायन हुनुपर्ने भन्दै समस्या समाधानका लागि राज्यका साथै सरोकारवाला निकायले रणनीतिक पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ थियो । टीकाराम सुनार र निरञ्जनकुमार साह / रासस 

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.