• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बिदाइ तथा स्वागतमा भोजपुरे खुकुरी उपहार

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला हो । यहाँ आउने र जाने जो सुकै कार्यालय तथा सङ्घसंस्थाका कर्मचारीलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गरिने प्रचलन छ । व्यवसायीको छाता संस्था उद्योग वाणिज्य सङ्घ भोजपुरले जिल्लामा आउने अतिथि तथा विभिन्न निकायका प्रमुखलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने प्रचलन नै बनाएको कार्यालय सचिव मीना कार्कीले बताउनुभयो । भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला भएको बताउँदै कार्कीले भन्नुभयो, “भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी, यसले नेपालमा मात्र होइन विदेशमा पनि ख्याति कमाएको छ, उद्योग वाणिज्य सङ्घले त स्वागत र बिदाइमा नै खुकुरी उपहार दिन्छ ।”

    जिल्लामा स्वागत तथा बिदाइमा मात्र नभएर कर्मचारीले आफूलाई प्रयोग गर्न र साथीका लागि भोजपुरे खुकरी किन्ने गरेको वर्षौंदेखि सदरमुकाममा खुकुरीको व्यवसाय गर्दै आउनुभएका उर्मिला आरण उद्योग भोजपुरका सञ्चालक हिरालाल श्रेष्ठले बताउनुभयो । “विगतमा द्वन्द्वका कारण केही समय खुकुरी उद्योगहरू पनि धरासायी बनेको थियो तर अहिले व्यवसाय सहजरूपमा सञ्चालन आएको छ”, उहाँले भन्नुभयो । भोजपुरमा बाहिरबाट घुम्न आउनेले ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नि !’ भन्दै सोध्ने गरेको बताउँदै व्यवसायी श्रेष्ठले भन्नुभयो, “कुनै कार्यालयमा कर्मचारीको सरुवा हुँदा खुकुरीको नै माग आउने गरेको छ ।

    खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालीगडको अभावका कारण समस्या भने देखिने गरेको छ । सजावटका लागि यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायतमा पनि ढुवानी हुने गरेको छ । सरकारी कार्यालयमा माथिल्लो निकायबाट अनुगमन तथा निरीक्षणका साथै लेखा परीक्षणमा आउने कर्मचारीलाई पनि बिदाइका क्रममा भोजपुरे खुकुरी दिएर बिदाइ गर्ने गरिएको छ । कर्मचारी मिलन केन्द्रका सचिव प्रकाश खड्का केन्द्रबाट हुने हरेको बिदाइमा भोजपुरे खुकुरी नै उपहारस्वरूप दिइने गरिएको बताउनुहुन्छ । खडका भन्नहुन्छ, “हामी त अन्य सामाग्री प्रयोग गर्दैनौँ, कार्यालय प्रमुख तथा कर्मचारीहरूका लागि प्रसिद्धि पाएको भोजपुरे खुकुरी नै दिन्छौँ ।”

    भोजपुरमा विसं १९६५ देखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे खुकुरी उपहार दिएको बताइन्छ । उनको खुकरी बनाउने कला देखेर राजा महेन्द्रबाट रु एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।

    जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाट खुकुरी बिक्रीका लागि आउने गरेको छ । जिल्लामा बुदुना, बाँसपाते, सिरूपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.