• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मानसिक रोगका कारण हुने आत्महत्या समयमै उपचार गरे रोक्न सकिन्छ

  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको यहाँ आयोजित कार्यक्रममा चिकित्सकले बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ब्युटिफुट माइण्ड इन्स्टिच्युट अफ साइकियाट्रीकको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा आज यहाँ आयोजित चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रममा आत्महत्याको सोच आउने बिरामीको उपचार सम्भव भएको बताइयो । कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा गिरिराज भन्तानाले मानसिक रोगीको उपचार ग¥यो भने निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोगको समयमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।”

    आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि उक्त व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने भन्दै उहाँले उपचार गरे भने झनै कम हुने बताउनुभयो । आत्महत्याको सोच आउने व्यक्तिले आफ्ना कुरा अरुलाई सुनाउने मौका पाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “कुरा सुनाइसकेपछि कारण के हो ? कुन खालको मानसिक स्वास्थ्य अवस्था हो, त्यसको उपचार खोज्नुपर्छ ।” आत्महत्या अघि मानिसको मनमा विवाद आउने जनाउँदै उहाँले भन्नुभयो, “व्यक्तिले ‘मेरो समस्याको समाधान के होला त ? के गर्दा मैले यो समस्याबाट छुटकारा पाउँछु, समाजले अब त मलाई बचाउन सक्दैन, म अब सबैको घृणित भइसकेँ, अब मैले के गर्नुपर्ला ?’ जस्ता विवादका सोच आउँछन् ।”

    यस्तो अवस्थामा व्यक्तिले एउटा मात्रै उपाय आत्महत्या देख्ने उहाँको भनाइ छ । कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उहाँले सही व्यवस्थापन पनि गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिसँगै व्यक्तिको सही व्यवस्थापन हुन सकेन भने मानसिक रोग बल्झिन्छ, मानसिक रोग बल्झेपछि फेरि आत्महत्याको सोच आउँछ ।”

    करिब ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको उहाँको भनाइ छ । उहाँले मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने बताउनुभयो । चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोशिस गरेको हुने भन्दै उहाँले भन्नुभयो, “आठ पठक आत्महत्याको कोसिस गरिसकेपछि बल्ल उ आत्महत्या गर्न पुग्छ ।”

    यिनै चरणको समयमा उक्त व्यक्तिलाई परामर्श र उपचारबाट रोक्न सकिने उहाँको भनाइ छ । नेपालको स्वास्थ्य बजेटको शुन्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको जानकारी दिँदै डा भन्तानाले मानसिक स्वास्थ्यबिनाको शारीरिक स्वास्थ्य कल्पना गर्न पनि नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “मानसिकरुपमा बिरामी छ भने शारीरिक रुपमा उ स्वस्थ हुनै सक्दैन ।” आत्महत्या रोकथामका लागि जनचेना फैलाउने, उपचार गर्ने र व्यवस्थापन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “उपचारपछि रोजगारी पाओस्, परिवार र समाजबाट घृणित हुन नपरोस् ।”

    गत वर्ष नेपालमा सात हजार एक सय १५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट रहेको जनाउँदै उहाँले त्यो आत्महत्या कोसिसको १४ दशमलव ४८ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि एवं पत्रकार महासङ्घका सचिव दीपेन्द्र अधिकारीले गत आवमा चितवनमा दुई सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा रहेको जानकारी दिनुभयो । त्यसमध्ये पुरुष एक सय ४६, महिला ६१, बालक छ, बालिका ११ रहेका छन् ।

    आगो लगाएर एक, विष सेवन गरेर २६, झुन्डिएर एक सय ८६ र हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा आत्महत्या गर्नेको सङ्ख्या दुई सय १४ छ भने आव २०७७/०७८ मा दुई सय १९ जनाले आत्महत्या गरेको अधिकारीले तथ्याङ्क प्रस्तुत गर्नुभयो । चालु आवको साउन र भदौको २२ गतेसम्म १८ जनाले आत्महत्या गरेको जनाउँदै उहाँले पुरुष आठ, महिला छ, बालक दुई र बालिका दुई रहेको जानकारी दिनुभयो ।

    मानसिक स्वास्थ्य, आर्थिक तनाव, सामाजिक र सांस्कृतिक कारण, घरेलु हिंसा, प्राकृतिक विपत्ति, मानसिक स्वास्थ्य सेवाको अभाव, सांस्कृतिक अस्थाका कारणसमेत आत्महत्या गर्ने गरेको अधिकारीको भनाइ छ । कार्यक्रममा पत्रकार तिलक रिमालले सहजीकरण गर्नुभएको थियो । रासस 

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.