• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

क्यान्सर अस्पतालमा दैनिक २३० बिरामीलाई रेडियोथेरापी सेवा

  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दैनिक २३० जना बिरामीलाई रेडियोथेरापी (सेकाई) सेवा दिईएको छ । अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी मेसिनको आधारमा १३५ देखि १४० बिरामीलाई सेवा दिनुपर्नेमा २३० जनालाई दिंदै आएको जानकारी दिईएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले भन्नुभयो “रोगलाई निर्मुल गर्नका लागि होस् वा सजिलो बनाउनका लागि होस् क्यान्सर पत्ता लागेका बिरामी ६० देखि ७० प्रतिशत रेडियोथेरापी विभागमै आउनु पर्छ ।”

    डब्लुएचओको मान्यता अनुसार १० लाख जनसंख्या बराबर एउटा मेसिन आवश्यक पर्ने भन्दै उहाँले नेपालभरी नौ वटा मात्रै मेसिन रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “त्यस मध्ये तीन वटा मेसिन मात्रै हाम्रो अस्पतालमा छन् । हाम्रो जनसंख्यालाई आधार मान्ने हो भने ३० वटा मेसिन चाहिन्छ ।” अन्य मेसिन निजी अस्पतालमा रहेको भन्दै उहाँले भन्नुभयो “निजीले समेत धान्न नसकेर दिनहुँ विदेश जानुपर्ने बाध्यता छ ।” थप मेसिन राख्न सक्यौं भने अस्पताल आएका बिरामी बाहिर जानु नपर्ने उहाँको भनाई छ ।

    अस्पतालमा रहेको एउटा मेसिन सन् २००० सालमा खरिद गरिएको भएको उहाँले भन्नुभयो “मेसिनको आयु १० वर्ष हो, २४ वर्षसम्म काम गरिरहेको छ । हामीले यसलाई पनि चलाएका छौं । कम्पनी पनि दंग परेको छ, तपाईहरुले कसरी चलाउनु भएको छ भनेर । यसलाई रिप्लेसमेन्ट गर्नुपर्ने छ ।” उहाँका अनुसार रेडियोलोजी विभागमा अहिले बढीमा तीन हप्ता (२१ दिन) मा पालो आउँछ । उहाँले भन्नुभयो “आठ–दश दिन सेकाईको प्रक्रिया गर्दैमा समय लाग्छ, १०–१२ दिन कुर्नुपर्छ ।” आफूहरुले यसलाई पनि घटाउन लागिपरेको कार्यकारी निर्देशक डा.पौडेलको भनाई छ । थप सिटी सिमुलेटर खरिद गरेर रेडियोथेरापाी सेवालाई चुस्त दुरुस्त बनाउँने भन्दै उहाँले नयाँ सिटी स्क्यान र एमआरआई मेसिन खरिद प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

    उहाँले आफू नियुक्त भएर आएसँगै भदौ १२ गते यता १७ कार्यदिनको अवधिमा १२५४ एक्सरे, १८१८ युएसजि, ४४७ सिटीस्क्यान र २४६ एमआरआई गरिएको जानकारी दिनुभयो । यही अवधिमा पाँच सय ५० जना बिरामीको बायोस्पी गरिएको छ । ती मध्ये दुई सय मेजर (जटिल प्रकृतिका) रहेका छन् । अस्पतालमा आएका बिरामी बाहिर पठाउन नपाईने भन्दै उहाँले बाहिर रेफर गरेमा अस्पताल प्रशासनलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “रेफर गरिएको बिरामी के कारणले गरिएको हो खुलाएर, यहाँ नहुने सेवाका लागि मात्रै बाहिर पठाउन पाईन्छ ।”

    अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेको भन्दै उहाँले साधनस्रोत र जनशक्ति अभावमा सेवालाई चुस्त बनाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “दश जनालाई पकाउने भाडामा पकाएको खानाले ५० जनालाई पु¥याउनु परे जस्तै भएको छ ।” अस्पतालमा बोनम्यारो प्रत्यारोपणको सेवा सञ्चालनको तयारी गरिएको उहाँको भनाई थियो । उहाँका अनुसार बोनम्यारो प्रत्यारोपणको लागि अक्टोबर पहिलो हप्ता चिनिया प्राविधिक टोली यहाँ आउँदैछ । साईक्लोट्रोन सहितको पेट स्क्यान मेसिन खरिद प्रक्रिया यथाशिघ्र अगाडि बढाईने उहाँको भनाई छ ।

    त्यसका लागि डिपिआर भईसकेको भन्दै वातावरणीय प्रभाव मूल्यांकन छिट्टै गरिने जानकारी दिनुभयो । शल्यक्रिया प्रविधिमा अब्बल सावित भएको रोबर्टिक सर्जरी सेवा शुरु गर्ने प्रक्रियामा आफूहरु रहेको डा.पौडेलको भनाई छ । नयाँ मेमोग्राफी मेसिन समेत खरिद प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो । अस्पतालकाको ओ एण्ड एम सर्वे गरी विभिन्न विभागमा दक्ष जनशक्ति थप्दै लैजाने बताउँदै कार्यकारी निर्देशक डा.पौडेलले अस्पतालका उपकरणहरुको अडिट गरी मन्त्रालयमा बुझाईसकिएको बताउनुभयो । अस्पतालमा हाल ८०३ जना चिकित्सक कर्मचारी कार्यरत छन् ।

    ती मध्ये स्पेशलिष्ट डाक्टर ७५ जना, मेडिकल अफिसर १९ जना, ल्याब २८ जना, रेडियोलोजी १७ जना, रेडियोथेरापी १३ जना, मेडिकल फिजिसियस्ट ५ जना, एनेस्थेसिया १० जना, नर्स २६४ जना लगायतका छन् । अस्पतालमा गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ९४ करोड १० लाख २७ हजार १६५ रुपैयाँ आम्दानी भएको थियो भने एक अर्ब १४ करोड, ७४ लाख, ९८ हजार ६७३ रुपैयाँ खर्च भएको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष डा.विजयराज न्यौपाने, उपनिर्देशक डा.उमेश नेपाल, सञ्चालक सदस्यहरु डा.कृष्णसागर शर्मा लगायतको उपस्थिति थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.